कालिका एफएका कर्मचारी बीच भिडन्त सम्पन्न

चितवन १७ असोज
मध्ये नेपालको सर्वाेकृष्ट रेडियो कालिका एफ।एम।ले आफ्नो सातौं वार्षिकोत्सवका अबसरमा आयोजना गरेको अन्तरकर्मचारी ब्याडमिन्टन प्रतियोगीताको पुरुष एकल र महिला एकल तर्फको उपाधि क्रमस ः गणेश गुरुङ र आशिका थापाले हात पारेका छन् । त्यस्तै आजै सम्पन्न मिक्स डबल्स तर्फको उपाधि तेज ठकुरी र आशीका थापाको जोडीले हात पारेको छ । पुरुष एकल तर्फ भएकेा लिग चरणको खेलमा फाईनल प्रबेश गरेका ३ जना खेलाडी मध्ये श्याम राज बि क र किस्मत भण्डारीलाई हराउदै गणेश गुरुङ्ग बिजयी भएका हुन । किस्मत भण्डारीलाई हराउदै फाइनलमा गणेश सँग भिडेका श्यामराजलाई २१।१७ र २१।१५ को सेट चखाउदै गणेशले उपाधि उचालेका छन् । यो सँगै लिग चरणकेा फाइनल खेलमा श्यामराज बि क ले दाश्रो र किस्मत भण्डारीले तेश्रो स्थान हात पारेका छन् ।
यस्तै आशिका थापा र सचिना गौतम बिच भएकेा महिला एकलतर्फकेा फाइनल खेलमा २१।१२ र २१।१५को सेटले आशिका थापाले सचिना पााैडेललाई पराजित गरेको हो । त्यस्तै सचिना पौडेल र श्यामराज बिकको जोडीलाई पराजित गर्दे आशीका र तेजको जोडीले मिक्स डबल्सको उपाधि हात पारेको छन् ।२१ः१५ र २१ः१७ को सेटले आशीका र तेजको जोडी बिजयी भएको हो । यसपटक पृथक र विस्तृत रुपमा मनाउन लागेको सातौं वार्षिकोत्सवका अवसरमा कालिका एफएमले अन्तर कर्मचारी व्याडमिन्टन प्रतियोगीता संचालन गरेको हो ।सो प्रतियोगितामा प्रथम हुने महिला र पुरुष १ १ जनाले पाँच पाँच हजार र मिक्स् डबल्स्तफ प्रथम हुने समुहले पनि समान पाँच हजार नै नगद पुरस्कार पाउने छन् ।

Advertisements