जनमुक्ति सेनाको घरमा छापा

जनमुक्ति जनमुक्ति सेनाको घरमा छापा
७ साउन, दोलखा । दोलखा प्रहरीले हतियार भएको आशंकामा माओवादी जनमुक्ति सेनाको एक घरमा बिना पूर्जी आज विहान छापा मारेको छ । घरमा एसएमजी नामक हतियार राखेको भन्दै प्रहरीले दोलखा जिल्ला लादूक गाविस ७ का बाबु नेपालीको घरमा विहान करिव ३ बजेतिर छापा मारेको हो ।
चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको तेस्रो डिभिजन अन्तर्गत बेथान स्मृती वि्रगेडमा कार्यरत बाबुको घरमा ईलाका प्रहरी कार्यालय सिँगटीबाट खटिएको प्रहरीले छापा मारेको हो । जनमुक्ति सेनामा कार्यरत बाबुकी पत्नी रुपिनी एक छोरा र बाबुआमा मात्र घरमा सुतिरहेको अवस्थामा एकाबिहानै प्रहरीले छापा मारेको थियो ।

माथिको आदेश भन्दै प्रहरीले बिना पूर्जि घरमा छापा मारेर आफूहरुलाई आतंकित पारेको परिवारका सदस्यले बताएका छन् । छापा मार्ने क्रममा िसंगटीवाट डेढ दर्जन बढी प्रहरीहरु खटिएका थिए । तर पनि सो घरमा कुनै पनि हतियार फेला नपरेपछि प्रहरी फर्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक यज्ञविनोद पोखरेलले बाबुको घरमा एसएमजी नामक हतियार छ भनि खबर आएपछि प्रहरीले छापा मारेको बताउनुभयो । उहाँले जनसेनाको घर भएकै कारण नभई कुनै आपराधिक समूहले हतियार राखेको आशंकामा छापा मारेको जानकारी दिनुभयो ।

यता एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा दोलखा जिल्ला ईन्चार्ज गंगा कार्की (बिश्व)ले क्यान्टोन्मेन्टमा रहेका जनमुक्ति सेनाको घरमा प्रहरीले छापा मारेर उत्तेजित पार्न खोजेको बताउनुभयो । उहाँले जनमुक्ति सेनाको घरमा गरिएको छापाप्रकरण षड्यन्त्रको एउटा नमूना भएको भन्दै त्यसको छानविन गरी दोषि उपर कारवाहीको माग समेत गर्नुभएको छ ।
सेनाको घरमा छापा

Advertisements