ठुलो परिमाणको विष्फोटक पदार्थ नष्ट संलग्न ७ पक्राउ


किस्मत भण्डारी
भरतपुर चितवन १९ असोज

भारतवाट भित्राईएको ठुलो परिमाणको विष्फोटक पदार्थ आज चितवन प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज भरतपुरमा एक पत्रकार सम्मेलन गरी भारतबाट भित्राएकेा साँढे पाँच लाख मुल्य बराबरको बिस्फोटक पर्दाथ नष्ट गरेको हो । नजिकिदै गरेको तिहारलाई मध्येनजर गर्दै ल्याइएका बिष्फोटक पर्दाथ प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको थियो । सो अवसरमा प्रहरीले बिष्फोटक पदार्थ सहीत प्रकाउ परेका ७ जनालाई पनि आजै सार्बजनिक गरेकेा छ । सार्वजनीक हुनेहरुमा बिरगंज छप्कैया २ का २१ बर्षिय शेख अख्तर बिरगंज २ रानिघाटका २५ बर्षिय राजेन्द्रकुमार शाह भारतिय नरकटिया बस्ने २८ बर्षिय राजेश गीरी उनका भाई २५ बर्षिय सन्तोष गीरी त्यस्तै तनहूँभानु गाबिसका २८ बर्षिय सुकबहादुर मगर नबलपरासी त्रिबेणी ४ बस्ने बब्लु श्रिबास्तब र डब्लु श्रिबास्तब रहेका छन् । पक्राउ परेकाहरुलाई कानुन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ । सो अवसरमा प्रहरीले बिस्फोटक पदार्थ लोड गर्दै गरेको ना २ ख ६००८ नम्बरको ट्रक र लु १ च २१८४ नम्बरको जिपलाई पनि नारायणगढवाट नियन्त्रणमा लिएकेा चितवनका प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिनुभयो ।
यसैबिच जिल्ला प्रसाशन कार्यालय चितबनले आज एक बिज्ञप्ति जारी गरी बिस्फोटक पर्दाथको कारोबार नर्गन र पड्काउने कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।

Advertisements