५ हजार कुखुराका चल्ला वरामद गरी नष्ट

रुपेश दुलाल हेटौंडा
१९ असोज । अवैध रुपमा ल्याईएको ५ हजार कुखुराका चल्ला वाईसिएल मकवानपुरले आज हेटौंडाको पशुपतिनगरमा बरामद गरेको छ ।
बाराको परवानीपुरबाट ल्याईएको भारतिय चल्ला वाईसिएलले बरामद गरेको हो । भारतबाट राजु गुप्ताले ल्याएको चल्ला आजै खाल्डोमा गाडेर नष्ट गरेको वाईसिएल क्षेत्र नम्बर ३ का संयोजक दिपेन्द्र गौतमले बताउनु भयो । केही दिन अघि मात्र जिल्ला पशु सेवा कार्यालय मकवानपुरले १ सय ९६ क्रेट अवैध हाँसको अण्डा गाडेर नष्ट गरेको थियो

Advertisements