राष्ट्रिय नौमति बाजा तथा गन्धर्व बाजा प्रतियोगिता सम्पन्न


नारायण ढुंगाना चितवन असोज २०
कालिका एफ एमको गौरवमय सातौ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रिय नौमती तथा गन्धर्व बाजा प्रतियोगिता सम्पन्न भएको छ ।
लोपोन्मुख नेपाली बाजाको संरक्षणका लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको हो । नौमती बाजा प्रतियोगितामा परियार सेवा समाज वाह्रघरे भरतपुरले प्रथम स्थान हासील गरेको छ । यस्तै लोकपि्रय नौमती बाजा समुह नारायणपुर दोस्रो हुन सफल भएको छ ।
यसैवीच आजै भएको गन्धर्व वाजा प्रतियोगितामा सुर्खेतवाट सहभागि तीलक गन्धर्व प्रथम हुनुभएको छ । एक दर्जन प्रतियोगीहरुलाई उछिन्दै उनी प्रथम भएका हुन् । प्रतियोगितामा माडीका होमवहादुर गन्धर्व दोस्रो दाङ्गका हेम गन्धर्व तेस्रो र माडी कल्याणपुरका जहरिसंह गन्धर्वले सान्वना स्थान हासील गरेका छन् । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस सम्पन्न प्रतियोगितामा चितवन नवलपरासी मकवानपुर तनहूँ सुर्खेत स्याङ्जा दाङ लगायत विभिन्न जिल्लावाट प्रतियोगीहरुको सहभागिता रहेको थियो । चितबनका प्रमुख जिल्ला अधिकारी महेश्बर न्यौपानेको प्रमुख आतिथ्यता तथ कालिका एफ एमका अध्यक्ष एबम् प्रबन्ध निर्देशक बिक्रम पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको कालिका एफ।एम ९५।२ र ९१ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण भएको े कार्यक्रमा कालिका एफ एमका स्टेशन को-अर्डिनेटर सि पि सुबेदीले स्बागत मन्तब्य ब्यक्त गर्नुभएकेा थियो ।
मध्येक्षेत्र प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बलराम शर्माको बिशिष्ट आतिथ्यता रहेकॊ कार्यक्रममा कालिका एफ एमका स्टेशन म्यानेजर रिना गुरुङ समाजसेबी रामहरी कडेल पत्रकार महासंघ चितबनका उपाध्यक्ष सुरेशचन्द्र अधिकारी राजनैतिक दल महीला संजाल चितबनकी सदस्य सरीता के सी लगायतको उपस्थिति रहेकेा छ ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि महेश्बर न्यौपानेले लोपोन्मुख बाजाको संरक्षाणको लागी कालिका एफ एमले आयोजना गरेको यो कार्यक्रम निकै सहयोगी भएको बताउनु भएको छ ।
कार्यक्रममा वोल्दै कालिका एफएमका अध्यक्ष तथा प्रवन्ध निर्देशक विक्रम पाण्डेले लोपोन्मुख वाजा संरक्षणका लागि कालिका एफएम सदैव अग्रसर भैरहने वताउनु भयो । उहाँले लोपोन्मुख नेपाली बाजाको संरक्षणका लागि यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका निर्बाह गर्ने अपेक्षा सहित कार्यक्रम आयोजना गरीएको वताउनु भयो । कार्यक्रमको निर्णयकमा हिरालाल कँडेल मधुसुधन घिमिरे समरवहादुर गायक र दिपक परियार रहनु भएको थियो । यसैवीच वार्षिकोत्सवको अवसरमा कालिका एफएमले भोली अन्तर श्रोता क्लव हाजिरीजवाफ प्रतियोगीताको आयोजना गरेको छ । प्रतियोगिताको तयारी पुरा भएको एफएमले जनाएको छ । प्रतियोगिता विहान १० वजे कालिका एएफएम परिसररमा आयोजना हुँनेछ ।

Advertisements