कालिका एफएमको सातौ वार्षिकोत्सबको अन्तरश्रोता क्लब हाजिरिजबाफ

किस्मत भण्डारी
चितवन २१ असोज
कालिका एफएमको गौरवमय सातौं वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरु
अन्र्तगत आज अन्तर स्रोता क्लब हाजिरिजबाफ प्रतियोगीता एफ एम प्राङ्गणमा सम्पन्न भएको छ । गत ७ गते देखि शुरु भएको वार्षिकोत्सवको अवसरमा कालिका एफएमले आज अन्तर श्रोता क्लव हाजिरीजवाफ प्रतियोगीताको आयोजना गरेकेा हो । आज सम्पन्न अन्तर श्रोता क्लब स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नव दुर्गा रेडियो श्रोता क्लब भरतपुर प्रथम कालिका जक्शन रेडियो श्रोता क्लब जगतपुर द्वितीय र क्षीतिज रेडियो श्रोता क्लब तृतीय भएका छन् भने दिव्यज्योति रेडियो श्रोता क्लबले सान्त्वना स्थान हासिल गरेको छ ।
कालिका एफ एमका अध्यक्ष एबम् प्रबन्ध निर्देशक बिक्रम पाण्डेको सभापतित्ब एबम् स्थानिय बिकास अधिकारी कुमार बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बालकुमारी कलेज नारायणगढका प्रमुख चिरिन्जिबि श्रेष्ठ स्रोता क्लब समन्बय समितिका अध्यक्ष सुदिप तिबारी आयुष कालिका एफ एमका स्टेशन म्यानेजर रिना ग्ाुरुङ्ग कालिका गुप्र अन्तर्गत कालिका इन्फोटकका सार्क कन्ट्रि म्यानेजर ग्रेक र सार्क कन्ट्रि निर्देशक श्री बिष्ट लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम लाई संबोधन गर्दै स्थानिय बिकास अधिकारी कुमारबहादुर खड्काले कालिका एफ एमले सडक बालबालिकादेखि लिएर हरेक क्षेत्रलाई समेटेर कार्यक्रम आयोजना गरेमामा कालिका एफ एमलाई धन्यबाद ज्ञापन गर्नुभएकेा थियो । उहाँले कालिका एफले प्रशारण क्षमतामा विस्तार गर्ने तयारी गरेकोमा एफ एमलाई शुभकामना ब्यक्त गर्दै एफ एमको सफलताको समेत कामना गर्नुभयो ।
त्यस्तै कार्यक्रमलाई संबोधन गदै कलिका एफ एमका अध्यक्ष एबम् प्रबन्ध निर्देशक बिक्रम पाण्डेले स्रोता क्लबहरुबिचकेा हाजीरी जबाफ प्रतियोगीताले एफ एम र स्रोताक्लब बिचको सम्बन्धलाई अझ नजिक बनाएकेा बताउनु भएकेा छ । उहाँले कालिका एफ एम सधै स्रोताहरुकेा चाहना अनुसार संचालन हुने भन्दै श्रोताहरुको मायाले नै रेडियो यो स्थानसम्म आएकेा बताउनुभएकेा छ । कार्यक्रममा बोल्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक पाण्डेले श्रोतासँग सहकार्य गरेर अगाडि बढ्न कालिका एफ एम सधैँ तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुलाई कलिका एफ एमका स्टेशन कोर्अोडीनेटर सि पि सुबेदीले स्बागत मन्तब्य ब्यक्त गर्नु भएकेा थियो । श्रोता क्लव विच हुन लागेको प्रतियोगिताले एफएम र श्रोतासँगको

Advertisements