छिनमै रिक्सा मजदुर छिनमै रिक्सा मालिक

photo- kismat bhandari

photo- kismat bhandari


नारायण ढुंगाना
असोज२३
ुसोचेको पनि थिईन मेरो यो सपना पुरा हुन्छ भनेर लामो समयदेखि चितवनमा रिक्सा दौडाउँदै आएका रिक्सा मजदुर राजु दुलालले भने-मेरो पुरानो धोको कालिका एफएमले पुर्याईदियो । ु
ललितपुर घर भई चितवनमा अस्थायी वास वस्दै आएका दुलाल ४ वर्ष पहिले रिक्सा किन्ने धोको वोकेर नारायणगढ वजार भौंतारिएको वताउँछन् । तर रकमको जोहो गर्न नसक्दा अहिलेसम्म भाडामै रिक्सा चलाउँदै आएको थिएँ -उनले हर्षका साथ भने । उनले अगाडी भने केही छिन अघिको रिक्सा मजदुर म अहिले मालिक वन्दा निक्कै खुसी छु । आज कालिका एफएमले उनलाई यो अवसर जुटाई दिएको हो ।
कालिका एफ।एम ले आफ्नो गौरबमय सातौ बार्षिकात्सबको अबसरमा चितवनको नारायणगढ स्थीत क्याम्पाचौरमा गरेको खुला रिक्सा दौडमा उनी विजेता भएका थिए । चितवनका रिक्सा मजदुर राजु दुलाल आज रिक्सा मालिक बन्न सफल भएका छन् । चालीस प्रतिष्पर्धिलाई उछिन्दै ९५३ नम्बरका रिक्सा मजदुर दुलाल रिक्सा मालिक वन्न सफल भएपछि उनीमा हर्षको सिमा रहेन । भने- मैले आज नसोचेको कुरा भयो ।
मध्ये नेपालकै सर्बोत्कृष्ट रेडियो कालिका एफ।एम ले आफ्नो गौरबमय सातौ बार्षिकात्सबको अबसरमा चितवनको नारायणगढ स्थीत क्याम्पाचौरमा खुला रिक्सा दौड प्रतियोगितामा गरेको विगतकै निरन्तरता हो ।
मजदुर लाई मालिक बनाउने उदेश्यले कालिका एफ एमले विगत वर्षदेखिनै संचालन गरेकेा खुल्ला रिक्सा दौड प्रतियोगितामा प्रथम हुने दुलालले आजशनिवार नयाँ रिक्सा पुरस्कार स्बरुप प्राप्त गर्दै छन् ।
त्यस्तै प्रतियोगीतामा आशालाल चौधरीले दोस्रो स्थान हासिल गरेका छन् भने ढोडही चौधरीले तृतिय स्थान प्राप्त गर्न सफल भएका छन् ।
सो अवसरमा पत्रकारहरुसँग संक्षिप्त प्रतिकि्रया दिदै रिक्सा मालिक दुलालले आफ्नो लामो समयदेखिको सपना कालिका एफएमले पुरा गरेकोमा आफु अत्यन्तै हर्षित भएको वताउनु भयो । उनले एफएमलाई यस्तै उटाहरणीय काम गर्न समेत आग्रह गरे ।
कालिका एफ।एम का अध्यक्ष तथा प्रबन्ध निर्देशक बिक्रम पाण्डेको सभापतित्व तथा चितवनका प्रहरी उपरिक्षक ज्ञान बिक्रम शाहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कालिका ग्रुप अन्तर्गतका कालिका ईन्फोटेकका सार्क कन्ट्री म्यानेजर मिष्टर ग्रेकले एफएमको अभियानलाई उच्च मुल्याँकन गर्दै विदेशमा पनि यस्ता कार्यक्रमको खाँचो रहेको औल्याएका थिए । रिक्सा ब्यबसायी संघ चितवनका अध्यक्ष।शिब श्रेष्ठ रिक्सा ब्यबसायी संघ चितवनका नि।बर्तमान अध्यक्ष बिरेन्द्र लामीछाने लगाएतले कालिका एफएमुले विगत देखि गर्दै आएको यो अभियानले मजदुरहरुको मनोवल उच्चहुने वताएका थिए ।

प्रयिोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक ज्ञान बिक्रम शाह र कालिका ग्रुप अन्तर्गतका कालिका ईन्फोटेकका का म्यनेजर मिष्टर ग्रेकले संयुक्त रुपमा गरेका थिए । कालिका ग्रुप अन्तर्गतका कालिका ईन्फोटेकका का म्यनेजर मिष्टर ग्रेक सवार रिक्सा चालाएर प्रहरी उपरिक्षक ज्ञान बिक्रम शाहले उद्घाटन गरेको दृष्य कार्यक्रमकै आकर्षक वन्न पुगेको थियो । कार्यक्रम हेर्न चितवन लगाएत आसपासका जिल्लाका दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।
कालिका एफ।एम का अध्यक्ष तथा प्रबन्ध निर्देशक बिक्रम पाण्डेले कालिका एफ।एम जनताको रेडियो भएकाले निकटदेखि बिकटसम्मका समस्या र आवश्यकताहरुमा एफ।एम निरन्तर लागीरहने स्पष्ट पार्नुभयो । कालिका एफ।एमले यस किसीमको कार्यक्रम निरन्तर गरीरहने र रिक्सा चालकहरुको हकमा अझै पृथक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भयो । सो अवसरमा चितवनका प्रहरी उपरिक्षक ज्ञान बिक्रम शाहले कार्यक्रमले रिक्सा मजदुरमा प्रतिष्पर्धाको अबस्था सिर्जना गराउने भएकाले उनिहरुको स्वास्थ्यको स्तर सुधारमा आउने वताए ।

Advertisements