संबिधान निमार्णमा युबाहरुनै लाग्नु पर्छ – मन्त्रि नेपाली

      सिन्धु ढकाल
      असोज २३ चितबन
      युबा तथा खेलकुद मन्त्रि गणेश नेपालीले नया संबिधान निमार्णका लागि युबाहरुको भुमिका महत्बपुर्ण हुने बताउनु भएकेा छ ।
      चितबनको भरतपुरमा आयोजित नेपाल स्काउटको १२ औँ राष्ट्रिय परिषद्केा आज चितबनमा उद्घाटन गर्दै उहाँले संबिधान निमार्णका लाग्ाी राजनैतिक दलका नेताहरुको ध्यान पुर्याउनका लागी युबाहरुको भुमिका अति आबश्यक भएको बताउनु भयो । मन्त्रि नेपालीले नयाँ सबिधान समयमै निमार्ण गर्नका लगाी राजनैतिक दलका नेताहरुलाई युबाहरुले खबरदार गर्नुपर्ने बताउनु भयो । कार्यक्रमम बोल्दै मन्त्रि नेपालीले स्काउटले देखाएकेा अनुशासनलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको समयमा अनुशासन र इमान्दारीताको खाँचो भएको बताउदै स्काउटका युबाहरुले पनि राज्यको समस्याको निकासका लागी सकि्रय भुमिका निर्बाह गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रि नेपालीले प्रस्ताबित क्षेत्रिय रंगशालाको आजै निरीक्षण गर्नुभयो ।
      स्काउटको परिषद्को उद्घाटनका क्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य तथा शिक्षाबिद् तिर्थ खनियाले शिक्षा र स्काउट बिचको सम्बन्ध अत्यन्तै नजिक रहेको बताउनु भयो ।

      Advertisements