कालिकाको आज वृहत साँस्कृतिक महोत्सव

असोज२४
कालिका एफएमले आफ्नो गौरवमय सातौं वार्षिकोत्सवको अवसरमा आज नारायणगढको क्याम्पाचौरमा राष्ट्रिय लोक दोहोरी तथा वृहत साँस्कृतिक महोत्सवको आयोजना गर्दै छ । सो कार्यक्रममा देशका चर्चित लोक गायक राजु परियार विमलराज क्षेत्री कुलेन्द्र विश्वकर्मा शिरिष देवकोटा विष्णु खत्री गायिकाहरु राधिका हमाल माजु महत लगाएतका कलाकारहरुको सहभागिता रहने भएको छ । आज हुन लागेको कार्यक्रम यसअघि भएका साँस्कृतिक कार्यक्रम भन्दा वृहत र विशिष्ट किसिमको हुने कालिका एफएमले जनाएको छ । कार्यक्रम आज विहान १० वजे देखि शुरुहुने छ । कार्यक्रममा सहभागि भएर सँगितिक मनोराजन लिन समेत एफएमले सवैमा आग्रह गरेको छ । कार्यक्रमको संपूर्ण तयारी पुरा भएको एफएमले जनाएको छ । सो साँसकृतिक कार्यक्रमको कालिका एफएम ९५।२ र ९१ मेगाहर्ज तथा चितवनको लोकपि्रय सामुदायीक टेलिभिजन यूनिक च्यानलबाट बाट प्रत्यक्ष प्रशारण हुने छ । यसैबिच आश्विन २६ गतेको म्यूजिक अवार्ड तथ बार्षिकोत्सब समापन कार्यक्रम भने अन्तराष्ट्रिय स्तरको एबिसि टेलिभिजन र चितवनको लोकपि्रय सामूदायीक टेलीभिजन यूनिक च्यानलबाट पनि प्रत्यक्ष हेर्न सकिनेछ । यसैविच मध्यनेपालकै सर्वाेकृष्ट रेडियो कालिका एफएमले हिजो आफनो गौरबमय सातौ बार्षिकात्सबको अबसरमा चितवनको नारायणगढ स्थीत क्याम्पाचौरमा खुला रिक्सा दौड प्रतियोगितामा सम्पन्न गरेको थियो । मजदुरलाई मालिक बनाउने उदेश्यले कालिका एफ एमले विगत वर्षदेखिनै संचालन गरेकेा खुल्ला रिक्सा दौड प्रतियोगितामा ललितपुर घर भई लामो समयदेखि नारायणगढ बजारमा रिक्सा चलाउदै आएका राजु दुलाल मजदुरवाट मालिक बनेका छन् । उनले प्रतिष्पर्धी ४० रिक्सालाई उछिन्दै रिक्सा मालिक वन्न सफल भएका हुन् । आज आयोजीत सोही कार्यक्रममा उनलाई नयाँ रिक्सा पुरस्कार स्बरुप प्रदान गरिने एफएमले जनाएको छ ।

Advertisements