नारायणी नदि पुलमा गएराति दुर्घटना

किस्मत भण्डारी

२४ असोज
चितवनको नारायणी नदि पुलमा गएराति मारुति भ्यान र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् । ना १ ज २२४८ नम्बरको मारुति भ्यान र ना १२ प ५१११ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको हो । सो दुर्घटनामा परी गैडाकोट बस्ने मोटरसाईकल चालक देव सुनार र मोटरसाईकलमा सवार भरतपुर ४ बस्ने ऋषी राम तिवारी घाइते भएका हुन् ।घाइते दुबैको चितवन मोडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । मारुति भ्यान र भ्यानका चालक वडा प्रहरी कार्यालय नारायण्गढको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

यस्तै भरतपुर नगरपालिका २ क्षेत्रपुर चितवनमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परि एक जना गम्भिर घाईते भएका छन् ।क्षेत्रपुरको चित्रावति लिजर सेन्टर अगाडी अन्दाजी २२ -२३बर्षका मोटर साईकल चालक घाइते भएका हुन्।घाइते मोटर साईकल बेहोस अवस्थामा रहेको र उनको मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ ।घाईतेको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ ।

Advertisements