प्रजातान्त्रीक सेनानी संघका चिजकुमार रहेनन्

      किस्मत भण्डारी
      नवलपरासी २४ असोज ।
      नेपाली काग्रेसका नेता तथा प्रजातान्त्रीक सेनानी संघका केन्द्रीय अध्यक्ष चिजकुमार श्रेष्ठको आज चितवनको नारायणगढ स्थित आफ्नै निवासमा निधन भएको छ । लामो समयदेखि क्यान्सरवाट पिडित ८४ वर्षिय श्रेष्ठको आज विहान ४ वजे निधन भएको पारिवारजनले जनाएका छन्

      जन्मथलो तनहुँको वन्दीपुरवाट राजनीति शुरु गर्नुभएका श्रेष्ठले राणा विरोधी अभियानको अगुवाई समेत गर्नुभएको थियो । त्यसयता प्रजातन्त्रका लागि २०४६ सम्म भएका आन्दोलनहरुमा बिभिन्न भूमिकाबाट सहयोग गर्दे आउनु भएका श्रेष्ठ पटक पटक जेल पर्नुभएको थियो । प्रजातन्त्र प्राप्तीको आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदानलाई काग्रेसको राजनीतिमा निकै गम्भीरतापूर्वक लिईन्छ । उहाँको अन्तीम श्रद्धान्जलीका लागि नेपाली काग्रेसका कार्यवाहक सभापति शुशिल कोईराला चितवन आउँदै हुनुहुन्छ ।

      Advertisements