कालिका एफएमको राष्ट्रिय गजल महोत्सव सम्पन्न

      किस्मत भण्डारी असोज२४
      मध्ये नेपालकै सर्बोत्कृष्ट रेडियो कालिका एफएमले आफ्नो गौरवमय सातौं वार्षिकोत्सवको अवसरमा आज बृहत राष्ट्रिय गजल महोत्सबको आयोजना गरेको छ । कालिका एफ।एम परिसरमा जारी महोत्सबमा मुलुक भरीका स्थापित गजलकार र नव सर्जकहरुको उल्लेख्य सहभागिता रहेको छ । कालिका एफ एमका अध्यक्ष तथा प्रबन्ध निर्देशक बिक्रम पाण्डेको सभापतित्व तथा बरिष्ट गजलकार डा।sृष्णहरी बरालको प्रमुख आतिथ्यमा जारी सो महोत्सबमा वोल्ने बिभिन्न श्रष्टाहरुले साहित्य श्रृजनाको संरक्षण तथा प्रवद्र्धनमा कालिका एफएमले देखाएको अग्रसरताको प्रशंसा गरेका थिए । गजलको उर्वरभुमि मानिने चितवनमा कालिका एम।एमले आयोजना गरेको गजल महोत्सब गजलक्षेत्रको बिकासमा कलम चलाउँदै आएका अग्रज गजलकार र नव सर्जकहरुको लागी प्रेरणाको स्रोत हुने एफ एमले बिश्वास लिएको छ । आजको गजल महोत्सबमा डा। घनश्याम परिश्रमी बुंद राना कृष्णहरी बराल धिरज त्रिबेणी शितल कादम्बिनी चर्चीत गजल गायक शिब परियार बिपीन पौडेल किरण बाबु त्रिपाठी लगायतका ३ दजैन वढी साहित्यिक श्रष्टाहरुको सहभागीता रहेको छ । कार्यक्रममा गजलकार केशवराज आमोदीले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि गजलकार गोविन्दराज विनोदीले टिप्पणी गर्नुभएको थियो ।
      गजलको राजधानी चितवनमा एउटा साहित्यीक भवनको आवाश्यकता महसुस गरी कालिका एफ।एमले सो भवन निर्माणकालागी १ लाख १ हजार रुपैया सहयोग गर्ने यस अघिनै प्रतिबद्धता जनाईसकेको छ । कार्यक्रमम वोल्दै प्रमुख अतिथी डा कृष्णहरी वरालले कालिका एफएमले साहित्यको प्रवद्र्धनका लागि देखाएको वाटो अनुकरणीय रहेको वताउनु भयो ।
      उहाँले कालिका एफएम गजलकारहरुका लागि महत्वपूर्ण संस्थाको रुपमा स्थापित भएको वताउनु भयो । कार्यक्रममा वोल्दै कालिका एफएमका अध्यक्ष तथा प्रवन्ध निर्देहक विक्रम पाण्डेले साहित्य क्षेत्रको विकासका लागि कालिका एफएमले कुनै कसर वाँकी नराख्ने वताउनु भयो । वरिष्ठ समाजसेवी समेत रहनु भएका अध्यक्ष पाण्डेले गजलकॊ संरक्षणका लागि जिम्मेवारी दिएको खण्डमा कालिका एफएम कदापी पछि नपर्ने प्रतिवद्धता जनाउनुभयो । यसैबिच आफ्नो वार्षिकोत्सवको अवसरमा कालिका एफएमले भोली विभिन्न २६ विधामा राष्ट्रिय म्यूजिक अवार्ड तथा बार्षिकोत्सब समापन कार्यक्रम गर्दै छ । नारायणगढको नारायणी कलामन्दिरमा हुने कार्यक्रमको कालिका एफ।एफ ९५।२ र ९१ मेगाहर्ज सँगै अन्तराष्ट्रिय स्तरको एबिसि टेलिभिजन र चितवनको लोकपि्रय सामूदायीक टेलीभिजन यूनिक च्यानलबाट प्रत्यक्ष प्रशारण हुने छ ।
      यसअघि हिजो नारायणगढको क्याम्पाचौरमा राष्ट्रिय लोक दोहोरी तथा वृहत साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । महोत्सवमा चितवन नवलपरासी मकवानपुर तनहुँ लमजुङ्ग धादिङ्ग लगाएत जिल्लावाट दशौं हजारको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो ।

      Advertisements