चितबनमा बस दुर्घटना ४ जनाको मृत्यु भएको पुष्टि

किस्मत भण्डारी चितवन

      असोज २५ चितबन
      चितबनको नारायणगढ बजारबाट विकट गाउ माडी जाँदै गरेकेा ा बस राप्ति नदीको पुल नजिकै दुर्घटनाग्रस्त हुदाँ ४ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा १ दर्जन बढी घाईते भएका छन् ।
      मृत्यु हुनेमा माडीको गर्दी भैरबपुर निबासी रामलाल कडेल र अन्य भारतीय नागरीक रहेको प्रहरीले बताएइकेा छ । जसमध्ये भारतको नरकटीगजंको हरपुरका दगोरा राई र उनको १५ बर्षिय छोरा रहेकेा प्रहरीले बताएको छ । मृत्यु हुने एक जनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाईते भएका १ दर्जन मध्ये ७ जनाको मात्र भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको स्थानिय स्बास्थ्य स्ांस्थाहरुमा भैरहेको छ । उपचार भैरहेकाहरुमा चितवनको माडी कल्याणपुरकी पद्मा अधिकारी सोही ठाउँ वस्ने कमला गुरुङ्ग गोपाल कार्की रिता वोटे र कुल वहादुर रानाभाट रहेका छन् । अन्यको नाम खुल्न सकेको छैन ।दुर्घटनामा अन्य घाइते भएका र बसमा च्यापिएका अन्य यात्रुहरुको उद्धार कार्य जारी रहेकेा प्रहरीले बताएकेा छ । कसरा ब्यारेक नजीकै भएकेा सो दुर्घटनामा परेकाहरुको सेना र स्थानियबासीहरुको सहयोगमा उद्धार भैरहेकेा इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।
      ना १ ख ६१६५ नम्बरको सो बसमा करीब ९० जना यात्रुहरुले यात्रा गरीरहेको हुन सक्ने इलाका प्रहरी कार्यालय गितानगरका प्रहरी नायब निरीक्षक अमृत बहादुर लामिछानेले बताउनु भएकेा छ । बसको बे्रक फेल भएकाले दुर्घटना भएको र बसका चालक प्रहरीको नियन्त्रण बाहिर रहेकेा लामिछानेले जानकारी दिनुभएको छ ।

      Advertisements