विद्यालय बन्दप्रति पत्रकार महासंघ गुल्मीको ध्यानाकर्षण

भरत पाण्डेय

गुल्मी २५ असोज ॥ समाचार प्रकाशनको विषयलाई लिएर नेपाल शिक्षक संघ वामी एकाई समिति गुल्मीले आज त्यस क्षेत्रमा गरेको विद्यालय बन्दप्रति नेपाल पत्रकार महासंघ गुल्मीले गम्भिर ध्यानाकर्षण भएकेा जनाएको छ । महासंघले आज एक प्रेस विज्ञप्ती प्रकासित गरी साचारमाध्यममा प्रकाशन ÷ प्रसारण भएको समाचारको विषयमा सम्बन्धित व्यक्तिलाई चित्त नबुझे सम्बन्धित साचारमाध्यममार्फत खण्डन गर्ने र त्यसमा पनि चित्त नुबुझे कानुनी उपचारको बाटो हुदा हुदै पनि उक्त दुबै बाटोलाई प्रयोग नगरी विद्यालय बन्द गर्नु जायज नभएको जनाएको छ । महासंघका अध्यक्ष जनार्दन घिमीरेद्वारा जारी विज्ञप्तीमा समाजलाई नै नयाँ संस्कार सिकाउने शिक्षकहरुले शिक्षण संस्था बन्द गरेर विद्यार्थीको भविष्यप्रति खेलबाड गर्न जायज नहुने जनाईएको छ । महासँघले समाचारको विषयमा कुनै गुनासो भए प्रकृयागत ढंगले समस्याको समाधानको वाटो खोज्न लागि नेपाले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ । स्थानीय सहयात्री साप्ताहिकमा ०६५ भदौ २९ गते र गोरखापत्र राष्ट्रिय दैनिकमा असोज १ गते प्रकाशित गुल्मीको वामी गाविस – ६ मा रहेको सर्वहित प्रावि र वार्ड नं ७ मा रहेको शहिद शमशेर प्राविका प्रधानाध्यापकहरु व्ािद्यालय छोडेर बोका खरीदमा भन्ने समाचारको विषयलाई लिएर नेपाल शिक्षक संघ वामी एकाई समितिले आज आन्दोन स्वरुप त्यस क्षेत्रका विद्यालयहरु वन्दको आव्हान गरेको थियो ।

Advertisements