नेपाल पव्लीक क्याम्पस संघको महाधिवेशन बुटवलमा


विक्रम खडका बुटवल नेपाल पब्लिक क्याम्पस संघको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा बैकुण्ठ न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा अम्बुभवानी कार्की पनि निर्विरोध निर्वाचित हुनुभएको छ । संघको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत अहिले निर्वाचन प्रकि्रया चलिरहेको छ । अब विहान नौ बजेपछि मतदान लगायतका काम गर्ने कार्यतालिका रहेको निर्वाचन आयुक्त एवम। प्राध्यापक संघ नेपालका केन्द्रीय सदस्य मोहनराज शर्माले जानकारी दिनुभएको छ । संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका मोतीप्रसाद पौडॆलले उम्मेदवारी फिर्ता लिएपछि बैकुण्ठ न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै कोषाध्यक्ष पदका लागि मेघराज पौडेलले उम्मेदवारी फिर्ता लिएपछि अम्बु भवानी काकर्ीै निर्विरोध निर्वाचित हुनुभएको हो । उपाध्यक्ष पदमा बोधराज भट्टराई हेमराज शर्मा पौडेल केशवराज पौडेल प्रदीप कटुवाल डा। ईश्वर गौतम र दुर्गादत्त शर्माले उम्मेदवारी दिनुभएको छ ।
महासचिव पदका लागि भोलानाथ ओझा बीरबहादुर कार्की र धनलाल महर्जनले उम्मेदवारी दिनुभएको छ भने सचिव पदका लागि जनार्दन आचार्य राधा बालिका तथा पूर्ण भण्डारीले उम्मॆदवारी दिनुभएको छ । यस्तै सदस्य पदकालागि क्याम्पस साचालक समितिका अध्यक्षका तर्फबाट रामहरि रिजाल श्यामबहादुर श्रेष्ठ सूर्यबहादुर शाही भीमबहादुर वान्तवा ज्ञानेन्द्र सुवेदी केशवपं्रसाद पुडासैनी चित्रलाल शेरचन टेकबहादुर श्रेष्ठ र श्रीचन्द्र शर्मापौडेलले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी केन्द्रीय सदस्यमा क्याम्पस प्रमुखका तर्फबाट खगराज शर्मा बालकृष्ण तिमि_िल्सना ऋषिराम शर्मा रविन्द्र झा सोमराज महर्जन र गोपाल बश्याल हुनुहुन्छ । प्रँध्यापक प्रतिनिधिबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरुमा शान्तिराम खनाल लक्ष्मीप्रसाद खनाल पारस काफ्ले लगायतका २५ जना रहेका छन् ।

Advertisements