कालिकाद्धारा पत्रकार परियारको उपचारार्थ २५ हजार सहयोग

किस्मत भण्डारी चितवन २७ असोज ।

  • व्लड क्यान्सरवाट प्यिूठानकी पत्रकार बिन्दु परियारको उपचार चितवनको क्यान्सर अस्पतालले सुरु गरेको छ । केहिदिन अगाडिमात्र चितवनमा उपचारका लागि ल्याइएको उनको विभिन्न परिक्षण जारी रहेको अस्पतालका कार्यकारी निर्देशक भक्तमान श्रेष्ठले वताउनु भयो । हाललाइ परिक्षण थालिएको उहाले जानकारी दिनुभयो । उनको उपचारका लागि मध्यनेपालको सर्वाेकृष्ट रेडियो कालिका एफएमले उच्च सम्मान गर्दै उपचारका लागि २५ हजार नगर सहयोग उपलव्ध गराएको छ । उनका परिवार पत्रकार महासघ प्युठान र विकास पत्रकार समुह नेपाल प्युठानले उपचारमा सहयोगका लागि अपिल गरेपछि कालिका एफएमले सो नगद रकम उपलव्ध गराएको हो कालिका एफ एमका प्रवन्ध निर्देशक विक्रम पाण्ड््ेले जनकारी दिनुभयो ।

    यसैवीच उपचार सहयोगका लागि उनका परिवारले आज राष्ट्रिय वाणिज्य वैंक भरतपुर शाखामा सहयोग वचत खाता खोलेका छन् । सहयोग गन ुचाहनुहुनेले वैंकको चल्ती खाता नं २७७५२ मा रकम जम्मा गरी सहयोग गर्नुहुन उनका परिवारजनले सवैमा आग्रह गरेका छन् ।
    पत्रकार परियारले आफुलाई सहयोग गर्न पुन अपिल गर्दै आफु पत्रकारीता गर्न वताएकि छिन । रक्त क्यान्सरवाट पिडित प्युठानको रेडियो माण्डवीमा कार्यरत पत्रकार परियार विगत ५ वर्षदेखि नियमीत औषधी खाँदै आएकोमा पछिल्लो समयमा औषधी खान छोडेपछि उनलाई रोगले ग्रस्त बनाउँदै आएको उनका परिवारले बताएका छन् । घरको आर्थिक अवस्था कमजोर भएर औषधी किन्न नसक्दा अहिले आफु यो अवस्थामा आईपुगेको पत्रकार परियारले वताउनु भयो ।

    Advertisements