छिट्टै चितवनमा सुविधा सम्पन्न अस्पताल स्थापना हुने

    अशोज २७
    स्वास्थ्य नगरीका रुपमा विकसित हुदै आएको चितवनमा छिट्टै फेरी एउटा सुविधा सम्पन्न अस्पताल स्थापना हुने भएको छ । अस्पतालनै अस्पतालको शहर बन्दै आएको चितवनको भरतपुरमा भरतपुर सामुदायीक अस्पतालको नाममा सुबिधा सम्पन्न अस्पताल स्थापना हुन लागेको हो । जिल्ला प्रहरी कार्यालय अगाडी अस्पताल रोडमा स्थापना हुन लागेको सो अस्पताल शुरुवातमा ५५ सैह्याको हुनेछ । अस्पताल २०६६ साल असोज सात गते उद्योग बाणिज्य मन्त्रालय अन्र्तगतको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भईसकेको अस्पतालका संस्थापक निलकण्ठ ढुङ्गानाले जानकारी दिनुभयो । चितवन लगायत लमजुङ् गोर्खा तनहुँ नवलपरासी र मकवानपुरका व्यक्तिहरुको सहभागितामा अस्पताल स्थापना गर्न लागिएको संचालक समितिका अध्यक्ष भिमबहादुर श्रेष्ठले जानकारी दिनुभयो

    Advertisements