जलवायु परिवर्तनको कार्यशाला

जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने असर तथा प्रभावका ’boutमा मंगलवार चितवनको नारायणगढमा आयोजित एक कार्यशाला गोष्ठीमा छलफल गरिएको छ । जलवायु परिवर्तनले हरेक क्षेत्रलाई जोखिममा पारेको अवस्थामा कृषि क्षेत्रमा कस्तो असर पारेको छ र यसलाई कृषकले कस्तो रुपमा हेरेका छन् भन्ने बिषयमा कार्यशाला केन्द्रीत थियो । कार्यशालामा भाग लिने चितवन लगायत पोखरा सिन्धुपाल्चोक ईलाम लगायतका जिल्लाका कृषकहरुले जलबायु परिवर्तनका असरका बिषयमा कृषकहरुको चेतनाको स्तर क्रमसः बिकशित हुदै आएको भन्दै यसका लागि सचेतना अभियान आवश्यक रहेको बताएका थिए । प्रलिनोभा नेपालको आयोजना तथा भएको कार्यशालामा ईको सेन्टरका बसन्त रानाभाट र क्लिन ईनर्जी नेपालका मिाजत ढकालले जलवायु परिवर्तन र स्थानीय स्तरमा यसका असरका ’boutमा जानकारी गराउनुभएको थियो । कार्यशालामा विभिन्न जिल्लाका गरि २० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यशालामा ईको सेन्टर लि वर्ड प्राक्टिकल एक्सन कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस जिल्ला विकास समिति मुस्ताङ टुकि सिन्धुपाल्चोक कृषि कार्यालय बन कार्यालय तथा कृषक प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Advertisements