युवा स्वरोजगारका लागि उद्यमशिलता तालिम

राजेश घिमिरे

चितवन
माओवादी नेतृत्वको सरकारले ल्याएको युवा स्वरोजगार योजना अन्र्तगत फारम भरेका व्यक्तिहरुका लागि उद्योग बाणिज्य संघ नारायणगढले उद्यमशिलता तालिम संचालन गरिरहेको छ । उद्योग बाणिज्य संघमा दर्ता भएका १० हजार १ सय ३५ युवा युवती मध्ये करिव चार हजार जना मात्र हाल संपर्कमा रहेको संघले जनाएको छ । सम्पर्कमा रहेका हरुलाई दर्ता नम्मरको आधारमा क्रमशः तालिम दिईदै आएको संघका निरज श्रेष्ठले जानकारी दिनुभयो । जस अन्र्तगत हाल दर्ता नम्बर ८६ सय देखि ८८ सय सम्मका युवा युवतीहरुलाई तालिम दिईरहेको संघले जनाएको छ । प्रत्येक समुहमा ५०-५० जनाका दरले दिईने तालिममा उद्यमशिलता सम्बन्धि जानकारी बैंक र बिमा व्यवसाय दर्ताका सम्बन्धमा छुट्टा छुट्टै प्रशिक्षकले प्रशिक्षण दिनेछन् भने सफल उद्यमीसँग अन्र्तकि्रया समेत गराईने गरिएको छ । बैसाख १३ गतेबाट शुरु भएको तालिममा १८ देखि ५० बर्ष सम्ममा युवा युवती सहभागि छन् ।

Advertisements