पूर्वी चितवनमा एक घण्टा सडक वन्द

    असोज २८, चितवन
    व्यक्ति अपहरण गरेको भन्दै पूर्वी चितवनको रत्ननगरमा आज बिहान एक घण्टा चक्काजाम भएको छ । चक्काजामका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा नारायणगढ सडकखण्ड एक घण्टा ठप्प भएको थियो ।हिजो बेलुका महानगरिए प्रहरी अपराध महाशखाले छानविनका लागि पक्राउमा गरेको मंगलपर निवासी गिरेन्द्र घिमिरेको अपहरण भएको भन्दै उनका आफन्तहरुले सडक वन्द गरेका थिए । उनको आफुहरुले अनुसन्धानका लागि पक्राउ गरेको स्थानीय प्रशासनले जनाए पछि वाटो खुलेको हो । उनको अवस्था सार्वजनीक गर्नुपर्ने माग गर्दै घिमिरेका आफन्तले आज बिहान पौने ९ बजेबाट चक्काजाम गरेका थिए ।
    मंगलपूर ८ निवासी घिमिरेको हिजो बेलका ८ बजे नारायणगढबाट प्रहरीले पक्राउ गरेको थियो ।

    Advertisements