राष्ट्रिय औधोगिक प्रदर्शनी मेला

  • किस्मत भण्डारी
    चितवन २८ असोज चितवनमा पहिलो पटक राष्ट्रिय औधोगिक प्रदर्शनी मेला हुने भएको छ । चितवनको भरतपुर स्थीत घरेलु तथा साना उद्योग कार्यालय परिषरमा रहेको ३ विगाहा क्षेत्रफलमा मेला हुन लागेको हो ।
    आगामी कार्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म मेलाको आयोजना हुने आज भरतपुरमा एक पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
    चितवन उद्योग संघ र नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना एवं नेपाल घरेलु तथा साना उद्योग महासंघको सह-आयोजनामा मेला हुन लागेको हो । राष्ट्रिय औधोगिक तथा उपयुक्त प्रविधि प्रदर्शनी मेलामा २ सय ५० स्टल रहने आयोजन समितिका संयोजक हरीप्रसाद सुवेदीले आज पत्रकार माझ जानकारी दिनुभयो । मेलामा ग्रामिण स्तरमा लुकेर रहेका प्रविधिको प्रदर्शनी गरिने वताईएको
    २ लाख दर्शकले अवलोकन गर्ने लक्ष लिएको मेलाको तयारी शुरु भएको मेला आयोजक समितिले जनाएको छ । मेलामा विज्ञान तथा प्रविधि मन्त्रालयको ५० वटा स्टल रहने र प्रति स्टलको ५ हजार देखि २५ हजारसम्म लाग्ने जानकारी दिनईएको छ ।

    Advertisements