देउसी भैलो खेल्दा झडप,३ लाख रुपैया भन्दा वढिको क्षति, ३ घाइते

किस्मत बहादुर भण्डारी चितवन असोज ३१
एकिकृत नेकपा माओबादि निकट मजुदर संगठनले देउसी भेलो खेल्ने क्रममा आज चितवनको होटल सेन्ट्रल पाममा तोडफोड गरेका छ । मजदुरहरुले गरेको तोडफोडमा ३ लाख रुपैया भन्दा वढिको क्षति भएको होटलले आज पत्रकार संमेलन गरेर जानकारी दिएको छ । तोडफोडमा परि बा १ च ४६२५ नम्वरको जर्मनी गाडि सहित चार झयाल र एक ढोकामा क्षति पुगेको होटलका प्रंवन्ध निर्देशक शुवोध प्रधानले जानकारी दिनुभयो ।
उहाले संगठनका मजदुरहरुलाई देउसी भैलोले होटलका पर्यटकहरुलाई अशान्त पार्ने भनेपछि आक्रमण गरिएको बताउनुभयो । उहाँले संगठनका अध्यक्ष अनक मगरको नेतृत्वमा आएको समुहले आफुहरुमाथि आक्रमण गरेको जानकारी दिनुभयो । यता होटलले आज पत्रकार सम्मेलन गरि युनियन खोल्ने विषयमा ६ महिना देखिको विवादमा अहिले आफुहरुमाथि आक्रमण गरिएको जनाएको छ ।
यता मजदुर संगठनले आफुहरुमाथि संघातिक आक्रमण गिरिएपछि प्रतिरोध गर्दा असहज अवस्था सृजना भएको वताएको छ । संगठनले देउसी भैलो खेल्ने क्रममा पुर्वाग्रही ढङगबाट आक्रमण गर्दा ३ जना मजदुर घाइते भएको जनाएको छ । आक्रमणमा परि घाइते भएका चन्द्र प्रकाश सुनार र दिपक भनिने अर्का एक जनाको भरतपुर मेडिकल कलेज र सुमनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको संगठनका संदस्य धर्मराज नहर्गीले जानकारी दिनुभयो । त्यस्तै संगठनका जिल्ला अध्यक्ष अनक मगरले विज्ञप्ती जारी गरि आफुहरुको माथि लागाईएको आरोप पुर्वाग्रहि रहेको उल्लेख गरेका छन ।
यता नेपाली कांग्रेस चितवनले आजनै एक विज्ञप्ती जारी गरि होटल सेन्ट्रलपाममा भएको तोडफोड प्रति आपति प्रकट गरेको छ । कांग्रेसका जिल्ला सभापति रामकृष्ण घिमिरेद्धारा जारी विज्ञप्तीमा घटनामा सम्लग्न माओवादि निकट मजदुर संगठनका कार्यकर्तालाई कानुनिकावाहिको लागि जोडदार माग गरिएको छ ।

Advertisements