बजेट अध्यादेश मार्फत आउने संभावना छैन- मन्त्री श्रेष्ठ

किस्मत भण्डारी चितवन ३१

  • भुमिसुधार मन्त्री डम्वर श्रेष्ठले अध्यादेश मार्फत वजेट आउने संभावना नरहेको वताउनुभएको छ । चितवनको भरतपुर आज पत्रकार संग कुरागदै मन्त्री श्रेष्ठले अध्यादेश मार्फत बजेट आउने कुनै संभावना नै नरहेको बताउनुभयो ।
    सरकारका वरिष्ठ मन्त्रीहरुले अध्यादेश मार्फत्ा बजेट ल्याउने बताईरहेका बेला उहाँले सरकारको मनस्थिति अध्यदेशबाट बजेट आउने संभावनालाई अस्विकार गर्नुभएको हो ।

    उहाँले एकिकृत नेकपा माओवादि अध्यक्ष प्रचण्ड नेपाल फिर्ता भएपछि सहमति हुने बताउनुभयो । सरकार कातिक ३ गतेको प्रतिक्षामा छ मन्त्री श्रेष्ठले भन्नुभयो प्रचण्डको नेपाल फिर्ताभएपछि सम्पुर्ण बिवाद हल हुन्छ । उहाँ हालको संक्रमण केहिदिनमा आइसबे्रक हुनेमा बिश्वस्त हुनुहुन्थ्यो ।

    Advertisements