मदिरा सेबनबाट १ जनाको मृत्यु देउसीभैलोमा विभिन्न ठाउँमा झडप दर्जन घाईते ६ जना पक्राऊ

मदिरा सेबनबाट १ जनाको मृत्यु  देउसीभैलोमा  विभिन्न ठाउँमा झडप दर्जन घाईते  ६ जना पक्राऊ

मदिरा सेबनबाट १ जनाको मृत्यु देउसीभैलोमा विभिन्न ठाउँमा झडप दर्जन घाईते ६ जना पक्राऊ

किस्मत बहादुर भण्डारी कार्तीक ३चितवन

    पश्चिम चितवनको शिवनगरमा अत्याधिक रक्सी सेवनका कारण १ जनाको ज्यान गएको छ । शिवनगर १ भगवानपुर निवासी ६५ वर्षीय लिला बहादुर श्रेष्ठको अत्याधिक रक्सी सेवनका कारण मृत्यु भएको इलाका प्रहरी कार्यलय गितानगरले जनाएको छ ।

    मृतक श्रेष्ठको शव स्थानिय घोलमा फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखीएको छ । त्यस्तै तिहारमा मदिरा सेवन गरि कुटपिट गदै हिडने ६ जना युवालाई चितवनको माडिबाट प्रहरीले पक्राऊ गरेको छ । प्रहरीले कुटपिटमा संम्लग्न भएको आरोपमा माडि कल्याणपुरका प्रकाश खाति सन्तोष खनाल लगाएतका युवाहरुलाई माडि देवेन्द्रपुरबाट प्रहरीे पक्राउ गरेको हो ।
    यवाहरुको कुटपिटबाट अयोध्यापुरी ३ जगन्नाथपुरका चन्द्र प्रसाद सापकोटा लगाएतका आधादर्जन युवाहरु घाइते भएको इलाका प्रहरी कार्यालय माडिले जनाएको छ । यसैविच घटनाको विषयमा छनविन गर्न आज इलाका प्रहरी कार्यालय वसन्तपुरमा सर्वदलिय छलफल हुदैछ ।
    त्यस्तै चितवनमा गएराति भएका छुट्ठा छुट्ठै झडपका घटनामा ६ जना घाईते भएका छन् ।देउसीभैलो खेल्ने क्रममा झडप हुदा पुर्बीचितवनको झुरभुरेमा ३ जना घाईते भएको प्रहरीले बताएको छ ।झडपका क्रममा स्थानिय १८ बर्षिय प्रदिप लामा १६ बर्षिय संजय दराई र १२ बर्षिय बुद्ध लामा घाईते भएका हुन् ।उनिहरु तिनै जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । प्रहरीका अनुसार घाईतेहरुको अवस्था सामान्य रहेको छ । त्यस्तै जगतपुरको खड्गचोकमा स्थानीय बिनोद श्रेष्ठको टोलीको कुटपीटबाट सोही स्थानका ३४ बर्षिय आशबहादुर दराई सख्त घाईते भएका छन् । उता पश्चिम चितवनको मेघौली ९ मा मदिरा सेबनका क्रममा भएको झगडामा २ जना घाईते भएका छन् । घाईते हुनेमा टेक बहादु के।सी र रमेश सुबेदी रहेको प्रहरीले बताएको छ ।

    Advertisements