गाउँलेहरुले तह लगाए गाउँलेहरुलाई नै

रुपेश दुलाल हेटौंडा
४ कार्तिक
सहयोगी जनमुखी शिक्षा केन्द्र र एकिकृत नमूना गाउँ कार्यान्वयन समितिको संयुक्त पलहमा पूर्वी मकवानपुरको छतिवन-४ अधेरी गाउँलाई जुवातास र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
नमूना एकिकृत कार्यक्रम अन्तरगत अधेरी गाउँलाई आज एक कार्यक्रमको आयोजना गरि जुवातास र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छतिवनबाट सुरेश घलानले बताउनु भयो । घोषणा कार्यक्रममा अाजु माझी आशाजित घलान नमेन्द्र श्रेष्ठ र प्रेमबहादुर बस्नेतले मन्तव्य गर्नुभएको थियो ।
सामाजिक विकृति र विसंगति अन्त्यका लागि जुवातास खेल्ने र मदिरा सेवन गर्नेलाई ५ हजारसम्म जरिवाना गरिने भएको छ ।

Advertisements