घरगोठ जलेर नष्ट परिवारको विचल्ली

कात्तिक ४ ।
मकवानपुरको शिखरपुरमा आगलागीबाट आज एउटा घरगोठ जलेर नष्ट भएको छ । बच्च्ााले खेलाइरहेको आगॊ घरमा सल्किँदा शिखरपुर गाविस वडा नम्बर ३ का उमेश थोकरको घर र गोठ जलेर नष्ट भएको हो । आगलागीबाट ६ वटा चौपाया लत्ताकपडा भाडाँकुँडासहित सम्पुर्ण अन्न्ापात जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनले जनाएको छ । आगलागीबाट २ लाख रुपैंया बराबरको क्षति भएको छ । यसैबीच आगलागी पीडितलाई आज रेडक्रस छतिवन उपशाखाले सामान्य राहत प्रदान गरेको छ ।

Advertisements