३ वटा मोटरसाईकलमा आगजनी

hot news
तिहारमा मदिरा सेवन गरी कुटपिट गर्दै िहंडेका ७ जनालाई कारवाहीको विषयमा सहमती नहूँदा आज माडी देवेन्द्रपुरका स्थानीय युवाहरुले तीनवटा मोटरसाईकलमा आगजनी गरेका छन् । आगजनीवाट वा १३ प ३८०० ना ७ प ७८१६ र ग १प ८९४३ नम्वरको मोटरसाईकल जलेर पूर्ण रुपमा नष्ट भएको छ । सो आगजनीमा स्थानीय वाईसिएलका युवाहरुको सकि्रयता रहेको प्रहरीले जनाएको छ । ती सातजना युवाहरुलाई मंगलवार चितवनको माडी देवेन्द्रपुर बजारवाट प्रहरीले पक्राऊ गरेको थियो । इलाका प्रहरी कार्यालय वसन्तपुरमा हिजो मंगलवार नै बसेको सर्वपक्षिय वैठकले पक्राउ परेकाहरुलाई कुटपिटवाट घाईते चन्द्रप्रसाद सापकोटालाई उपचार खर्च वेहोर्ने र पिडित समक्ष माफि मगाउने सहमती भएको थियो ।
तर आज पक्राउ परेकाहरुलाई प्रहरी कार्यालय माडी वसन्तपुर मै माफि मगाउने या गाउँटोलमै लगेर माफि मगाउने भन्ने विषयमा मत नमिले पछि आक्रोसीत युवाहरुले मोटरसाईकलमा आगजनी गरेको वसन्तपुर प्रहरीले जनाएको छ । यसैवीच उनीहरुलाई कारवाही गर्ने विषयमा विवाद भएपछि पक्राउ परेका सातै जनालाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन ल्याईएको छ ।

Advertisements