भोलीदेखि देशभर पेट्रोलियम ढुवानी ठप्प पारिने

रुपेश दुलाल हेटौंडा ७ कात्तिक ।
धादिङमा आज स्थानिय बासिन्दाले ट्याङकर रोकेको विरोधमा नेपाल पेट्रोलियम ढुवानी महासंघले भोलीदेखि देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने भएको छ ।
आज बेलुकी नारायणी यातायात व्यवसायी संघ हेटौंडामा आज साँझ सम्पन्न बैठकले घटनाको विरोधमा भोली पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने निर्णय भएको हो । नेपाल पेट्रोलियम ढुवानी महासंघ ट्यांकर मजदुर युनियन र माओवादी समर्थित ट्याकंर मजदुर युनियनको संयुक्त बैठकले सडक अवरोध विरुद्ध भोली पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने निर्णय गरिएको नारायणी यातायात व्यवसायी संघ हेटौंडाका सचिव बद्रीप्रसाद चौलागाईले बताउनु भयो । धादिङमा क्षतिपूर्तिको विषयलाई लिएर स्थानीय बासिन्दाले ट्यांकर संचालन गर्न नदिएको व्यवसायीहरुको भनाई छ ।

Advertisements