निकुन्ज मजदुरद्धारा आन्दोलनको घोषणा सरकारले नसुने १५ गतेदेखि चितवन बन्दको चेतावली

किस्मत भण्डारी ९ कात्तिक चितवन

चितवन राष्ट्रिय निकुाज भित्रका होटल मजदुरले अनिश्चीतकालिन चितवन बन्दको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । प्राकृतिक स्रोत र साधन समितीले अध्ययन सकेर गएको भोलिपल्टनै चितवन राष्टिय निकुन्ज भित्रका सात होटल मजदुरले आज भरतपुरमा पत्रकार संम्मेलन गरि आन्दोलनको कार्यक्रम घॊषण गरेको गरेका हुन । मजदुरले आउदो कात्तिक १४ गते सम्म आफन्नो रोजगारीको ग्यारेन्टी नगरिए १५ गते देखि अनिश्चीतकालिन चितवन बन्दको घोषणा गरेको हुन । नेपाल स्वतन्त्र होटल मजदुर युनियनले आज चौथो चरणको आन्दोलनको घोषण गदै बन्द होटल प्रतिश्ठानहरु नखोलिए आफूहरु कडा रुपमा उत्रने बताएका छन । हिजो मात्र राजधानि फर्किएको प्रकृतिक स्रोत साधन समितिले समॆत आफुहरुलाई भुलाउने काम गरेको होटल मजदुरले आरोप लगाएका छन । सरकारको उदासिनताको कारण आफुहरुको दैनिकी समेत कष्टकर भएकोले बन्दकॊ विकल्प नरहको युनियनका संयोजक भरत रानाभाटले बताउनुभयो । आन्दोलनमा सरकारले दमन गरे आफुहरुसमेत प्रतिकारमा उत्रने संयोजक रानाभाटले वताउनुभयो ।

Advertisements