संबिधान निर्माणमा सबैभन्दा बाधक माओबादी – उपप्रधानमन्त्री गच्छदार


कावासोती ९ कार्तिक ,
उपप्रधान एव भौतिक योजना तथा निर्माण मन्त्री बिजयकुमार गच्छदारले संबिधान निर्माणमा सबैभन्दा बाधक माओबादी भएको आरो पलगाएका छन् ।उपप्रधानमन्त्री गच्छदारले सोमबार नवलपरासीको बडहरा दबौलिय २ स्थीत झराहीखोलामा निर्माण हुने पक्की पुलको सिलन्यास कार्यक्रममा बोल्दै सो कुराबताएका । उनले माधवकमार नेपालको सरकारले नै संबिधान निर्माण र शान्ति प्रकृयालाइ टुग्गोमा पुर्याउने दीगो सरकार भएकाले माओबादीका लागि सरकारमा सहभागी हुन आए हैसियत अनुसारनै सहभागी गराउन सकिने बताएका छन् ।तत्कालिन प्रधानमन्त्रीले हटाएको सेनापतिलाई राष्टपतिले हटाउन नमान्दा असंबैधानिक हुन्छ भने संसदमा माहाअभियोग ल्याउन माओबादीलाइ चुनौति दिन्छु गच्छदारले भन्नुभयो । २२ दलको समर्थनमा बनेको सरकार बिरुद्ध उत्रेर संसदलाइ चल्न माओबादीले नदिएर देशलाइ ठप्प पारेको बताउदै उहाले भन्नुभयो माओबादी कि्रयाकलापले देशमा मुढ भेड हुने खतरा बढेको छ । भाषणको धेरैजसो समय माओबादीलाइ गाली गर्न समय खर्च गर्नँु भएका गच्छदारले १२ बुँदे समझदारी र २५ बुदे शान्ति संझौता माओबादीले पालनकार्यान्यवन नगरेृकाले उनीहरु संबिधान निर्माणमा जिम्मेबार नभएको दाबी गर्नँभयो । प्रहरी अदालतसेनामा हस्तक्षेप गरि माओबादीले सितल निवास र माधव नेपालको कुर्चीमा पार्टीको झण्डा गाड्न खोजेकाले आन्दोलन भनेको आंशका गच्छदारले गर्नँभयो भारतमा बसेर १० बर्ष लडेको माअेबादीले देशलाइ तहसनहस गराउन संसदबाट निर्बाचित प्रधानमन्त्री संबन्धि अनाबश्यक कुरा गर्नँको कुनै औचित्य छैन उहाले भन्नभयो ।अर्का वक्ता महिला बालबालिका राज्य मन्त्री रामबचन यादवले माओबादी ठलो पार्टी भएर देशलाइ अस्थीर बनाएको आरोप लगाएका छन् । फोरम लोकतान्त्रिकले परासीमा आयोजना गरेको आमसभालाइ समेत उपप्रधानमन्त्रि लगाएले संबोधन गर्नभएको थियो ।

Advertisements