असफल राष्ट्र बन्न दिदैनौ – रक्षामन्त्री भण्डारी


किस्मत भण्डारी

    चितवन कात्तिक १३
    रक्षामन्त्री विद्यादेवि भण्डारीले देशलाई असफल राष्ट बनाउन नदिने बताउनुभएको छ । प्रेस चौतारीले आज भरतपुरमा आयोजना गरेको पत्रकार संम्मेलनमा रक्षामन्त्री भण्डारीले एकिकृत माओबादिको सदन अवरुद्धले बजेट पास हुन नदिएपनि देशलाई असफस हुनबाट बचाउन यो सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । मन्त्री भण्डारीले एकिकृत माओवादिले अझै पनि राजनैनिक संस्कारमा चल्न नसकेको आरोप लगाउदै सदन सुचारु गरेर माओवादिले बजेट तथा कार्यक्रम पास गर्न दिनुपर्ने वताउनुभयो । मन्त्री भण्डारीले एकिकृत माओबादिले अझै पनि युद्धको धङधनी नभुलेकोले शान्तिपुर्ण आन्दोलनका नाममा शक्तिको प्रदर्शन गरिरहेको आरोप लगाउनुभयो । देशमा गैरसंबैधानिक काम कसैबाट भए सेना परिचालन गर्न सकिने समेत उहाले बताउनुभयो । मदन भण्डारी फाउन्डेसनको उदघाटन गर्न चितवन आईपुग्नुभएकी रक्षामन्त्री भण्डारीले सदन बाट जुनै हालतमा भएपनि बजेट पास हुने बताउनुभयो । सेना समायोजनको विषयमा सधैरुष्ट देखिने रक्षामन्त्री भण्डारीको प्रधानमन्त्रीको गठित समितीको निर्णय नै सेना समायोजनको लागि अन्तीम निर्णय हुने बताउनुभयो । चितवनको दिव्यनगरमा निर्माण हुने भनिएको प्याराजम्पीङ क्षेत्रको विषयमा पुर्नविचार गर्न सकिने बताउनुभयो ।

    Advertisements