विसहजारी तालमा डुवेर मृत्यु र बेपत्ता

कार्तिक १४
चितवनको भरतपुर नगरपालिका वडा नम्बर आठ स्थीत बिसहजारी तालमा डुबेर १ जनाको मृत्यू भएको छ भने १ जना बेपत्ता भएका छन् । हिजो साँझ पाँच बजेको समयमा पौडी खेल्न गएका २ जना मध्ये गितानगर ६ केशरबाग बस्ने ११ बर्षका अजित कुमालको शव आज बिहान तालमै फेलापरेको छ भने भ न पा ८ पारसनगर बस्ने ११ बर्षकै निरज थापामगर अझै फेला परेका छैनन् ।
निरजको खोजीकार्य भैरहेको छ भने मृतक अजितको शवलाइ पोष्टमाटमका लागि भरतपुर लगिएको इलाका प्रहरीकार्यलय गितानगरले जनाएको छ । मृतक अजित र बेपत्ता निरज सहिद स्मृती मा वि पारसनगरमा कक्षा पांचमा अध्ययनरत थिए ।

Advertisements