प्रदर्शनी मेलाको तयारी तिब्र


राजु सापकोटा
१७ कार्तिकचितवन
कार्तिक २५ गतेदेखी मंसीर ६ गतेसम्म चितवनमा हुने राष्ट्रिय औद्योगीक तथा उपयुक्त प्रबिधि प्रदर्शनी मेला २०६६ को तयारी तिब्र रुपमा भैरहेको छ ।सोही क्रममा आज मेला सम्बन्धि बिशेष अन्तरकि्रया कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ ।मेलाका संयोजक हरी प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न अन्तरकि्रयामा मेलाको ’boutमा जानकारी गराईएको थियो । आजको अन्तरकि्रयामा चितवनका प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपाने स्थानीय बिकाश अधिकारी कुमार बहादुर खड्का जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक ज्ञानबिक्रम शाह उद्योग बाणिज्य संग चितवनका अध्यक्ष मित्रराज दवाडी सरकारी कार्यालयका प्रमुखहरु उद्योगी ब्याबसायी मेलाको बिभिन्न समितीका संयोजकहरु पत्रकार लगायत सरोकारवाला पक्षहरुको सहभागीता रहेको थियो । अन्तरकि्रयामा सहभागीहरुले प्रदर्शनीमा अत्याधुनीक प्रबिधीहरुलाई अझ धेरै राख्न सुझाब दिएको प्रदर्शनी मेला प्रचार-प्रसार समितीका संयोजक माधब पौडेलले जानकारी दिनुभयो । कार्तिक २५ गतेदेखी मंसीर ६ गतेसम्म भरतपुरस्थित घरेलु कार्यालयको औधोगीक प्रदर्शनी मैदानमा हुने राष्ट्रिय औद्योगीक तथा उपयुक्त प्रबिधि प्रदर्शनी मेला २०६६ को आधीकारीक संचार माध्ययम कालिका एफ।एम रहेको छ ।

Advertisements

One comment on “प्रदर्शनी मेलाको तयारी तिब्र

  1. माडीको कल्याणपुर ३ लक्ष्मीनिवासका बाबु सन्तोष अधिकारीको मृत्यु भएपछि १४ वर्षकी शिल्पा र ११ वर्षकी ओशनी बाबुको किरियामा बसेकी हुन् ।

    नेपाली काङ्ग्रेस कल्याणपुर गाविसका पूर्व सभापति अधिकारीको कात्तिक ७ गते भारतको गुजर मृत्यु भएको थियो ।

    हिन्दु धार्मिक ग्रन्थमा छोराजस्तै छोरीले किरिया गर्न नहुने कतै उल्लेख नभएको स्वर्गीय अधिकारीका बाबु पण्डित रामभक्त अधिकारी बताउनुहुन्छ ।

    द्वन्द्वकालमा सुराकी गरेको आरोप लागेकाले उनी विगत पाच वर्षदेखि भारतमा बस्दै आएको बताइएको छ ।

टिप्पणीहरु बन्द गरियो ।