२४ जना प्रहरीको नियन्त्रणमा

    रत्ननगर चितवन १७ कार्तिक ।
    चितवनको मंगलपुर ५ मा रहेको व्यक्तिगत जग्गामा अनाधिकृत रुपले बसोबास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले आज २४ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ । फर्मको नाममा रहेको १२ बिगाहा जग्गामा विगत डेढ वर्ष वर्षदेखी बसोबास गरेको भन्दै उजुरी पर्न आएपछि सोधपुछको लागी नियन्त्रणमा लिइएको चितवनका प्रहरी उपरिक्षक ज्ञानविक्रम शाहले जानकारी दिनुभयो ।
    पक्राउ पर्नेहरुमा ७ जना महिला र १७ जना पुरुष रहेका छन् । यहाँ १ सय ४१ घरधुरी सुकुम्वासी भएको भन्दै सो जग्गा कव्जा गरेर वस्दै आएका छन् ।
    पशुपति फार्म प्रा।लि। र भगवती फर्म प्रा।लि।sाे नाममा रहेको जग्गामा अनाधिकृतरुपले बसोबास गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी परेपछि यसअघि नै गत वैशाख महिनामा सर्वदलीय वैठकले जग्गा छोड्नुपर्ने निर्णय गरेको थियो । तर उनीहरु नहटेकाले पक्राउ गरिएको प्रहरी उपरिक्षक शाहले वताउनु भयो । अहिले सो विषयमा चितवनमा छलफल भैरहेको छ । यता मंगलपुरका सुकुम्वासीहरुले भने प्रहरीले आफुहरुलाई जवरजस्ती पक्राउ गरेको वताएको छन् ।

    Advertisements