३३ जना वृद्धवृद्धाहरुलाई कम्वल वितरण

    किस्मत भण्डारी कार्तिक १७
    देवघाट तनहुका वृदवृदाहरुलाई जाडोको लागि आज कम्बल वितरण गरिएको छ । देवघाट क्षेत्र विकास समितिको मातहतमा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाआश्रमका ३३ जना लाई आज एक कार्यक्रमका विच कम्वल वितरण गरिएको हो । जाडोमा सरकारले कुनै व्यवस्था नगर्दा यहाका वृद्धा आश्रमका वृद्धवृद्धाहरुले त्यतिकै विताउर्द आएका थिए । अमेरिकामा वसोवास गर्दै आएका शेषकान्त अधिकारीको परिवारले आश्रम ३३ जना वृद्धवृद्धाहरुलाई कम्वल वितरण गर्नूभएको हो ।
    अधिकारीले आश्रमका लागि बार्षिक ३ वर्ष सम्म १० हजार रुपैया दिने घोषणा समेत गर्नु भएको थियो । अधिकारील्ो आश्रमलाई २ सय १० केजि चामल सहित अन्य खाद्यन्न समेत उपलव्ध गराउनुभएको थियो । सरकारले बार्षिक ८ लाख रुपैया उपलव्ध गराएपनि आश्रमका लािग कर्मचारिलाई तलव भत्ाामा सकिने हुदा वृद्धवृद्धाहरुलाई सामान्य सुविधा दिन नसकिएको आश्रमका पदेन अध्यक्ष चन्द्रदेव तिवारीले वताउनु भयो । आश्रम अहिले दाताहरुको सहयोगबाट स्रचालन गरिएकेा अध्यक्ष तिवारीले जनकारी दिनुभयो ।

    Advertisements