बाचरो प्रहारबाट श्रीमतीको हत्या

आफ्नै श्रीमानको बाचरो प्रहारबाट भरतपुर ११ गणेशस्थानमा आज १ महिलाको ज्यान गएको छ । आपसी विवादको क्रममा श्रीमान बाबुराम परियारको बाचरो प्रहारबाट ४० वर्षीय विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दाउरा चिर्ने क्रममा झगडा हुन थालेपछि बाबुरामले श्रीमतीको टाउकोमा बाचरो प्रहार गरेका थिए । विष्णुमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

  • अभियुक्त परियार अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । यसअघि पनि विष्णुमायाको हत्या गर्ने प्रयास गरेकेा अभियोगमा बाबुराम ११ महिना पुर्पक्षका लागी थुनामा परेका थिए । ३ महिना अघि मात्रै श्रीमती विष्णुमायाकै पहलमा उनलाई थुनामुक्त गरिएको थियो ।
    Advertisements