नयाँ संविधानमा हिन्दुराज्यको माग

किस्मत भण्डारी चितवन कार्तिक २१

नयाँ संविधानमा नेपाललाई हिन्दु अधिराज्य कायम गर्न माग गदै राष्ट्रिय धर्म सभा नेपालले दबाव दिने भएका छ । धर्मसभाको आज तनहुको देवघाटमा सम्पन्न केन्द्रिय समितिको बैठकले हिन्दु अधिराज्य कायम गदै देश व्यापी अभियान चलाउदै दलहरुलाई दवाव दिने निर्णय गरेको हो
दुई दिन सम्म चलेको सभाको केन्द्रिय समितिको बैठकले हिन्दु संस्कृतिमा भएका त्रुटिहरुलाई सच्चाएर लैजाने र सनातन हिन्दु धर्मवालम्वीहरुल्ााई एकजुट बनाउने निर्णय गरेको केन्द्रिय संगठन विभाग प्रमुख देवि प्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाले हिन्दु अधिराज्य को कायम दलहरुले तोडेपछि देशमा हिन्सात्मक घटनाहरु तिव्रभएको निष्कर्षमा सभा पुगेको जानकारी दिनुभयो । नेपालमा हिन्दु अधिराज्य कायम गर्न सम्पुर्ण जिल्लामा अभियान चलाईने र केहि समय पछि थप रणनिति तयारपार्ने निर्णय गरीएको सभाका केन्द्रिय अध्यक्ष डा माधम प्रसाद भटराई ले जानकारी दिनुभयो

Advertisements