औद्योगीक प्रदर्शनीको तयारी अन्तिम चरणमा आज बृह्त मोटरसाकईल र्याली सम्पन्न

किस्मत भण्डारी २४ कार्तिक चितवन

 भोलि देखि चितवनमा शुरु हुने राष्ट्रिय औद्योगिक तथा उपयुक्त प्रविधी प्रदर्शनी २०६६ को तयारी अन्तिम चरणमा पुगेको छ । भोलि विहान संविधान सभाकी उपाध्यक्ष पुर्ण कुमारी सुबेदिले उद्घाटन् गर्ने प्रदर्शनिको प्रचार-प्रसारको लागी आज बृहत मोटरसाईकल र् याली निकालीएको छ । घरेलु तथा साना उद्योगको प्रदर्शनी मैदानबाट शुरु भएको र् यालीले भरतपुर र नारायणगढ बजारको बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।आज सम्पन्न र् यालीमा बिभिन्न क्षेत्रका महानुभाबहरुको उल्लेख्य सहभागीता रहेको थियो । प्रदर्शनीमा राखीने २ सय ५० वटा स्टल सबै बुकिङ्ग भईसकेको प्रदर्शनीका संयोजक हरिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।भरतपुरमा रहेको घरेलु तथा साना उद्योगको प्रदर्शनी मैदानमा शुरु हुने प्रदर्शनी अबलोकन कर्ताहरुले मंसिर ६ गतेसम्म दैनीक बिहान १० बजेदेखी साँझ ६ बजेसम्म अबलोकन गर्नसक्ने आयोजकले जनाएको छ ।मेला अबलोकन गर्नेका लागी रु। २० को टिकटको ब्यबस्था गरीए पनि अपाङ्ग र बिद्यार्थीका लागी ५० प्रतिशत छुट दिईएको छ । चितवन र नेपालका बिभिन्न जिल्लामा स्थापना भएका औद्योगीक उत्पादनहरुपर्यटनस्वास्थ्यशिक्षा प्रबिधी र बिभिन्न मानोराजनात्मक प्रस्तुती मेलाका आकर्षणहरु रहेका छन् ।sरिब २ लाख ५० हजार दर्शकले अबलोकन गर्ने अपेक्षा गरीएको प्रदर्शनीको मुख्य आयोजक चितवन उद्योग संघआयोजक नेपाल सरकार बिज्ञान तथा प्रबिधि मन्त्रालयसह-आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघप्रबर्धक नेपाल सरकार उद्योग मन्त्रालय रहेका छन् ।

Advertisements