चितवनमा आजबाट राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला भरतपुरमा सुरु

chitwan-hatti

२५ कात्तिक, चितवन । चितवनमा पहिलो पटक आजबाट राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला भरतपुरमा सुरु भएको छ ।

भरतपुरस्थित घरेलु तथा साना उद्योग कार्यालय परिसरमा आज देखि मंसिर ६ गतेसम्म हुने औधोगिक मेलाको संविधानसभाकी उपाध्यक्ष पूर्णकुमारी सुवेदीले एक समारोहका बीच उद्घाटन गर्नुभएको छ । मेला उद्घाटनको पूर्वसन्ध्यामा मेला परिसरबाट बाजागाजा र हात्ती सहितको शोभार्‍याली निकालिएका थियो । र्‍यालीले नाँचगानसँगै बजार परिक्रमा गरेको थियो । मेलाको अवसरमा भरतपुर नगरक्षेत्रलाई दुलही झै सिंगारिएको छ । र्‍यालीमा उद्योगी व्यवसायी तथा स्थानिय वासिन्दाको ठूलो सहभागिता थियो ।

Advertisements