खूल्ला दिशा मुक्त क्षेत्र घोषणा

 कार्तिक २७ चितवन

सारदानगरका दूई्र विद्यालयको सेवाक्षेत्रलाई आज खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । सारदानगर गाविसका किरण माध्यमिक विद्यालय र किरणगन्ज प्राथमिक विद्यालयको सेवाक्षेत्रलाई आज खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्थानिय बासिन्दा हरुको उल्लेख्य उपस्थीती रहेको थियो । प्राक्टीकल एक्सन एन्फो युनह्याविटेण लगाएतका सस्थाहरुको सहयोग एव्ा विद्यालयको सयुक्त आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा विभिन्न बिद्याथिहरुले जनचेतना मुलक गित र नृत्य प्रस्तुत गरिएको थियो । निमित्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिहराज गुरुङको अध्यक्षता एव जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख हरिकृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राक्टीकल एक्सनका कार्यक्रम संयोजक विनय राज श्रेष्ठ ऐन्फोका कार्यक्रमका संयोजक राजेन्द्र श्रेष्ठ फिल्ड संयोजक धर्म प्रजापति किरण माविका प्रधानाध्यापक मैतसिह तामाङ समाज सेवि बेल वहादुर गुरुङ लगाएतले मन्तव्य व्यक्त गनुभएको थियो । कार्यक्रमको पुर्व स्न्धामा बिद्याथि स्थानिय बासीन्दा शिक्षक लगाएतको सहभागितामा रहेको र्यालीले नगर परिक्रमा गरेको थियो ।

Advertisements