राष्ट्रसंघको सुझाब शतप्रतिशत सहि छ -एमाले उपाध्यक्ष गौतम

राजु सापकोटा चितवन २७ कार्तिक

 नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रसंघको सुझाबलाई हस्तक्षेप ठान्ने सत्तारुढ २२ दलको नियती खराब भएको बताउनुभएको छ ।प्रेस चौतारी चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गौतमले राष्ट्रसंघको बिरोध गर्नुभन्दा पनि पहिले आफ्नो कमजोरी राम्ररी नियाल्न समेत दलहरुलाई आग्रह गर्नुभयो ।राष्ट्रसंघको सुझाब सत प्रतिशत उपयुक्त र तटस्थ भएको गौतमको भनाई छ । शान्तिपुर्ण आन्दोलन गर्न पाउने अधिकार सबै दलसंग भएको भन्दै माआबादीको आन्दोलन पनि त्यहि अधिकारभित्र पर्ने उपाध्यक्ष गौतमले बताउनुभयो ।आन्दोलन अराजकतातर्फ गए सेना परिचालन गर्न सकिने कपोकल्पित कुरा जिम्मेवार मन्त्रिहरुले गर्दे िहंड्नु हांस्यास्पद रहेको गौतमले टिप्पणी गर्नुभयो ।शान्ति सम्झौताले सेनालाई असर परेको भन्ने रक्षामन्त्रि बिद्यादेबी भण्डारीको भनाईको उपाध्यक्ष गौतमले खण्डन गर्नुभयो । दलहरुविच वलियो सहमती आवश्यक रहेको वताउँदै उहाले बर्तमान सरकारले नै सहमती निर्माण गर्न सक्ने दावी गर्नुभयो ।३ सय ५९ मत रहेको एमाले नेतृत्वको सरकार ढाल्ने माओवादीको सपना पुरा हुन नसक्ने जिकिर गर्दे गौतमले भन्नुभयो- ूमाधब नेपाल नेतृत्वको सरकार ढल्ने संभावना एक रत्ति पनि छैन किनकी बहुमत सभाषदको समर्थन हामीसंग छ ू
प्रतिगामी तत्वहरुले संविधानसभा विघटन गरी देशमा अराजकता निम्त्याउने प्रयत्न गरिरहेको उल्लेख गर्दै उहाँले सवै मिलेर यस्ता शक्तिलाई परास्त गर्नु जरुरी रहेको बताउनुभयो ।पार्टी भित्र देखिएको आन्तरीक विवादको विषयतर्फ ईंकित गर्दै नेता गौतमले एमाले भित्रको विवाद कहिल्यै समाप्त नहुने दावी गुर्नभयो ।एमालेको विवाद टुंगिए पार्टी नै समाप्त भएर जाने नेता गौतमको भनाई्र थियो ।

Advertisements