खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान

चितवन चितवनलाई सन् २००९ सम्ममा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान सकिन केही दिन मात्र बाँकी रहँदा भरतपुर नगरपालिका-७ मा रहेका राष्ट्रिय माध्यामिक बिद्यालय क्षेत्रलाई आईतवार खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्थानीय जनता तथा अन्य सरोकारवालाहरुको सकृयतामा विद्यालयले आफ्नो सेवा क्षेत्रलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेको हो । बिद्यालय परिषरमा एक बिषेश कार्यक्रम गरि सो घोषणा गरिएको हो । जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख हरिकृष्ण पौडेलको प्रमुख आतिथ्य तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणी काफ्लेको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर शिवराज न्यौपाने बिद्यालय व्यवस्थापन समितिका सदस्य निलमणी पाठक बिद्यालयका सहायक प्रधानाध्यापक बाबुराम पौडेल शिक्षक अविभावक संघकी अध्यक्ष बसुन्धरा सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रम अघि विद्यार्थी अविभावक तथा स्थानीयवासीहरुको सहभागिता रहेको र् यालीले सेवा क्षेत्रको परिक्रमा गरेको थियो । कृष्णपुरको दिपेन्द्र चोकमा रहेको सो बिद्यालयले पुर्वमा कान्ति नगर विकास समाज अन्तर्गतको सिद्धार्थ चोक पश्चिममा वागवानी टोल विकास संस्था उत्तरमा श्री गणेश मन्दीर टोल बिकास संस्था कटहरचोक तथा दक्षिणमा अन्नपुर्ण टोल विकास संस्था देखि विशालचोक सम्मको क्षेत्रलाई आफ्नो सेवा क्षेत्र मान्दै आएको छ । जस अन्तर्गत ५ सय ६ घर धुरी रहेको विद्यालयका सहायक प्रधानाध्यापक बाबुराम पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार सो क्षेत्रमा रहेका घरधुरीहरुमा ४ सय ९१ बटा पक्कि सौचालय तथा १५ कच्चि सौचालय रहेका छन् । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा बिद्यार्थीहरुले सचेतना मुलक गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

Advertisements