सवारी दुर्घटनामा चितवन ३ को मृत्यू

मंसिर ३ चितवनकिस्मत भण्डारी
चितवनको दाहाखानिमा आज सवारी दुर्घटनामा हुदा  २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको ना ४ ख ४९७ नम्बरको ट्रक अनियन्त्रित भई त्रिसुलि नदिमा खस्दा सो दुर्घटना भएको हो । आज बिहान साढे ३ बजे दाहाखानि स्थित ८ किलो भन्ने स्थानबाट ट्रक त्रिसुलि नदिमा खसेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा ट्रक चालक मकवानपुर आग्रा-५ का ३९ बर्षिय सुरेन्द्र प्रसाद वाईवा र सहचालक बारा निजगढ -९ का १८ बर्षिय राजेश लामाको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय चितवनले जनाएको छ ।दुर्घटनामा परि घाईते लामा र वाईवलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले बताएको छ

यस्तै भरतपुर पारस बसपार्कमा गएराति रोकिराखेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा ९ जना सामान्य घाईते भएका छन ।sाठमाडौं गाईघाटका लागि छुटेको ना।३ ख ७६६७ नम्बरको बसलाई भारतिय ज्च्३८ प् ३२१५ नम्बर प्लेटको ट्रकले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।दुर्घटनामा घाईते सवैको अवस्था सामान्य रहेको र उपचारपछि गनतब्य तर्फ लागेको चितवन प्रहरीले जनाएको छ ।

 

Advertisements