चितबनका महिला पनि अभियानमा

मंसिर १० , चितबन

महिला प्रहरीमाथि गरिएको चरम यातना विरुद्ध चितवनका लगाएत मध्यमााचल बिकास क्षेत्रका १९ जिल्लाका महिला अधिकार रक्षक समुहले आज चितबनका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका छन् । प्रहरीद्धारा गरिएको सामुहिक बलात्कारको बिरोधमा महिला रक्षकहरुलेाे कारवाहिको माग गदै प्रमुख जिल्ला अधिकारी महेश्बर न्यौपाने मार्फत प्रधानन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । महिला प्रहरीमाथि भएको बलात्कारको बिरुद्धमा संघर्षरत डि आई जि पार्बति थापाको अबिलम्ब काजफिर्ता गर्न पनि रक्षकले माग गरेकेा छन । उनिहरुले महिला हिसांलाई निरुत्साहित गर्नका लागी पार्बती थापाको काजफिर्ता स्थगीत गर्न दबाब दिने उदेश्य स्बरुप मानब अधिकार रक्षक समुहले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रि गृहमन्त्रि र प्रहरी प्रधानकार्यालय नक्शालमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रजिअ न्यौपानेले महिला हिसां बिरुद्धको अभियानमा महिलाहरु लाग्न सके अभियानले सफलता हासिल गर्ने बताउनुभयो । उहाले आफु सुरक्षा दबाब समुहले थालेकेा अभियानप्रति प्रतिवद्ध रहेको बताउनुभएको थियो ।

Advertisements