चितवनलाई राजधानी बनाउन संचारकर्मी समेत जुटे

किस्मत भण्डारी चितवन मंसिर १०

चितवन जिल्लालाई गणतान्त्रिक नेपालको नयाँ राजधानी बनाउने अभियानका चितवनका संचार माध्यमले समेत एक्यवद्धता जनाएका छन अभियानको सन्दर्भमा आज भरतपुरमा चितवनका स्थानीय संचारमाध्यमका प्रमुखहरु तथा संचारकर्मीहरुसँग अन्तरकि्रया कार्यक्रम गरिएको छ । संचारमाध्यमर संच्ार माध्यमका प्रमुख हरुले आज कार्यक्रममा चितवनलाई राजधानीको पहलका लागि प्रथामिकता दिने प्रतिबद्धता जनाएका थिए । चितवनलाई राजधानी बनाउने पहललाई अभियानकै रुपमा अगाडि लानका लागि सबै स्थानीय संचारमाध्यमहरुबाट उच्च प्राथमिकताका साथ यसलाई नाराकै रुपमा समेत प्रचार-प्रसार समेत गर्ने सहमति अन्तरकि्रयाका क्रममा सहभागी संचारमाध्यमका प्रमुखहरुले गरेका थिए । छलफलमा चितवनका संचारमाध्यमहरु विद्युतिय र छापा माध्यमलाई फरक फरक आवहान समेत गरीको थियो । राजधानी निर्माण पहल समिति चितवन प्रचार-प्रसार उपसमितिको आयोजनामा भएको सो अन्तरकि्रया कार्यक्रमका सहभागीहरुले चितवनलाई राजधानी बनाउनका लागि सबै किसिमबाट उपयुक्त देखिएकाले यसलाई राष्ट्रिय अभियानका रुपमा नै अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए । राजधानी निर्माण पहल समिति चितवन प्रचार प्रसार उपसमितिका संयोजक तथा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका चितवन जिल्ला इन्चार्ज अनिल शर्मा ूविरहीू को अध्यक्षतामा सम्पन्न सो अन्तरकि्रया कार्यक्रममा राजधानी निर्माण पहल मूल समितिका संयोजक तथा नेपाली काँग्रेस चितवनका सभापति रामकृष्ण घिमिरे नेपाल कम्युनिष्ट पार्टी एमालेका चितवन जिल्ला अध्यक्ष कृष्ण खनाल नेपाल कम्युनिष्ट पार्टी माले चितवनका सचिव तबहादुर वि।s। ले चितवनलाई राजधानी निर्माणका लागि आफ्नो पार्टीको धारणाका ’boutमा जानकारी गराउनुभएको थियो । चितवनको पूरा सहित छिमेकी नवलपरासी पसा्र मकवानपुर धादिङ्ग गोरखा र तनहुँ समेत सात जिल्लाको केही भागलाई समेटेर गणतान्त्रिक नेपालको नयाँ राजधानीका रुपमा चितवनलाई निर्माण गर्नका लागि चितवनमा रहेका सबै राजनीतिक दलहरुले गत असारदेखि पहल शुरु गरिएको थियो । राजधानी निर्माण पहल समितिमा हरेक तीन-तीन महिनामा संयोजक फेरिने सहमति भए अनुसार एनेकपा माओवादीपछि अहिले दोस्रो जिम्मेवारी नेपाली काँग्रेसले पाएको छ । यसैबीच राजधानी निर्माण पहल समिति चितवनको आर्थिक उपसमितिको बैठक भोलि बिहीबार दिउँसो तीन बजे जिल्ला विकास समिति चितवनमा रहेको गणतान्त्रिक नेपालको नयाँ राजधानी निर्माण पहल समिति चितवनको कार्यालय भरतपुरमा रहने कार्यक्रम तय भएको छ ।

Advertisements