हतियार सहित दूई गैडा तस्कर पक्राऊ

किस्मत भण्डारी चितवन मंसिर १२

गैंडा तस्करमा सम्लग्न २ जनालाई हतियार सहित निकुन्ज कार्यलय चितवनले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी स्थीत पिठ्यौलीका प्रेम महत्तो र कोल्हुवा ८ का चिन्तामणी गुरौ को निकुन्ज कार्यलयले जनाएको छ ।

पक्राउ परेका दुव्ौको साथबाट निकुाज प्रशासनले १ थान स्वचालीत हतियार र त्यसमा प्रयोग हुने ५ राउन्ड गोली बरामद गरेको चितवन राष्ट्रिय निकुाजका प्रमुख संरक्षण अधिकृत प्रधानले जानकारी दिनुभयो । प्रेम महत्तो भने यसअघि पनि गैंडा मार्ने कार्यमा संलग्न भैसकेको निकुाजले जनाएको छ ।

पक्राउ परेका दवैजना निकुाज कार्यालय कसरामा राखि थप छानवीन भैरहेको छ । दुवै जनालाई गैंडा मार्ने तयारी गरिरहेका बेला हतियार सहित पक्राउ गरिएको निकुाजका प्रमुख संरक्षण अधिकृत नरेन्द्रमान बाबु प्रधानले जानकारी दिनुभयो ।

हाल सम्मको प्रराम्भीक अनुसन्धानबाट उनीहरु गैंडा मार्ने कार्यमा संलग्न रहेको पुष्टी भैसकेको समेत उहाँले जनकारी दिनुभयो । स्थानीयवासीको सुराकीको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको निकुाजले जनाएको छ

Advertisements