उखु किसानको आन्दोलन फिर्ता

नवलपरासी मङ्सिर १७

उखुको मुल्य बृद्धिको मागराख्दै लामो समयदेखि आन्दोलनरत नवलपरासीका उखु किसानहरुले आफ्नो आन्दोलन आजबाट फिर्ता लिएका छन् । चिनी कारखानाले उखुको मुल्यमा बृद्धि गरेपछि उखु किसानहरुको सबै आन्दोलन फिर्ता लिएको उखु किसान समिति नवलपरासीका प्रवक्ता प्रेमचन्द्र गुप्ताले बताए ।

उखु किसानहरुले चिनी उद्योगसँग लिनुपर्ने बक्यौता रकम दिनुपर्ने र यस वर्ष ४ सय २० रुपैयाँ प्रतिकुइन्टल उखुको मुल्य निर्धारण हुनुपर्ने मागगर्दै उखु किसानहरु आन्दोलनमा उत्रिएका थिए । किसानहरुको मागलाई मध्यनगरगर्दै चिनी कारखानाले यसअघि नै दिँदैआएको प्रतिकुइन्टल ३ सय १७ रुपैयाँलाई बृद्धि गर्न निर्णय गरेपछि किसानहरुले आन्दोलन फिर्ता लिएको जनाएका छन् । नवलपरासीका चिनी कारखानाले उखुको मुल्य नतोकेको र पुरानो मुल्यमा उखु खरिद गर्न खोजेको बिरोधमा उखु किसान चिनी कारखानालाई उखु नदिएर आन्दोलन गर्दै आएका थिए ।

Advertisements