उधौलिको रन्को चितवनमा पनि

अल्पसंख्यक रहेका चितवनका किरात राईले साकेला उधौली पर्व मनाएका छन । चितवन जिल्लामा बसोवास गर्ने किरात राई समुदायले आज एकै स्थानमा जम्म भएर करीव ७५ घर धुरीलॆ साकेला पर्व मनाएका हुन ।

पर्वका क्रममा २ सय बढि किरात राइहरु भरतपुरको गणेश मन्दिरमा जम्मा भएर आफ्नो कुलको पुजा गरी उधौली पर्व मनाएका थिए । कार्यक्रममा उनीहरुले झ्याम्टा चौरी गाइको पुच्छ र ढोल वजाएर सोइ ढोले सोइ गाएर परम्परागत नृत्य पनि प्रस्तुत गरेका थिए ॥ पर्वका क्रममा किरात समुदाय सवै जसोले आफ्नो परम्परागत पहिरनमा आएका पुरुषहरुले खैरो रङगको दौरा शुरुवाल लगाएकका थिए भने महिलाहरुले गुन्यु चोली लगाएका थिए । पुर्वमा किरात राइहरुको थात थलो रहेको र अहिले झण्डै १०० भन्दा वढी थरीको राइ किरातहरु रहेकोले अव आफुहरुको लिपि र संस्कृति विकासमा लाग्ने का लागि चितवनका किरात राइ उत्थानमा जुटेको किरात राई उत्थान समाजका अध्यक्ष नारायण राइले वताउनुभयो ।

कार्यक्रममा राइले राज्य पुर्नसरचना गर्दा जातिय आधारमा गर्नुपर्ने समेत जोड दिएका थिए यस अधि यो समुदायले वैशाख पुर्णिमाको दिन उभौली पर्व मनाउने गर्छन । पर्वका अवसरमा सरकारले समेत सरकारले आज सार्वजनिक विदा दिएको थियो ।

Advertisements