चितवनलाई राजधानी बनाउन संचारकर्मी समेत जुटे

किस्मत भण्डारी

चितवन

चितवन जिल्लालाई गणतान्त्रिक नेपालको  नयाँ राजधानी बनाउने अभियानका चितवनका संचार माध्यमले समेत एक्यवद्धता जनाएका छन अभियानको सन्दर्भमा आज भरतपुरमा चितवनका  स्थानीय संचारमाध्यमका प्रमुखहरु तथा संचारकर्मीहरुसँग अन्तरकि्रया कार्यक्रम गरिएको छ । संचारमाध्यमर संच्ार  माध्यमका प्रमुख हरुले आज कार्यक्रममा चितवनलाई राजधानीको पहलका लागि प्रथामिकता दिने प्रतिबद्धता जनाएका थिए । चितवनलाई राजधानी बनाउनेपहललाई अभियानकै रुपमा अगाडि लानका लागि सबै स्थानीय संचारमाध्यमहरुबाट उच्च प्राथमिकताका साथ यसलाई नाराकै रुपमा समेत प्रचार- प्रसार समेत गर्ने सहमति अन्तरकि्रयाका क्रममा सहभागी संचारमाध्यमका प्रमुखहरुले गरेका थिए । छलफलमा चितवनका संचारमाध्यमहरु विद्युतिय र छापा माध्यमलाई फरक फरक आवहान समेत गरीको थियो । राजधानी निर्माण पहल समिति चितवन प्रचार-प्रसार उपसमितिको आयोजनामा भएको सो अन्तरकि्रया कार्यक्रमका सहभागीहरुले चितवनलाई राजधानी बनाउनका लागिसबै किसिमबाट उपयुक्त देखिएकाले यसलाई राष्ट्रिय अभियानका रुपमा नै अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए। राजधानी निर्माण पहल समिति चितवन प्रचार प्रसार उपसमितिका संयोजक तथा एकीभएको छ ।

Advertisements