आम हडताललॆ चितवनको आम क्षेत्र प्रभातिव एक टं्रकमा तोडफोड

किस्मत भण्डारी चितवन ५ पौष

नागरिक सर्वोच्चता बहालीको लागि भन्दै एकीकृत नेकपा माओवादीले तीन दिने आम हड्तालको पहिलो दिन आज साँझ मशाल जुलुस निकालेका छन् । आम हड्तालको पहिलो दिन आज विहानैवाट चितवनको जनजिवन अस्तव्यस्त बन्यो

वन्दका कारण विभिन्न विद्यालयले चितवनमा आज गर्ने भनेको परिक्षा समेत स्थगित गरिएको छ । वन्दले चितवन भएर चल्ने सवारी साधन आज विहानै देखि ठप्प भए । मोटरसाईकल समेत चल्न सकेनन् भने शैक्षिक संघसंस्था उद्योगकलकारखाना पनि ठप्प भएका छन् ।

चितवनको नारायणगढ भरतपुर टाँडी रत्ननगर पसा्र भण्डारा लोथर लगाएतका चोकचाकमा माआवादीका कार्यकर्ताहरुले आज दिनभर प्रदर्शन गरेका थिए । बन्दका क्रममा नारायणमा एकीकृत माओबादीले एउटा ट्रकमा तोडफोड गरेका छन् । बन्द आव्हानकर्ताले ना १ ख ८२५४ नम्बरको मालबाहक ट्रकमा तोडफोड गरेका थिए।

एम्बुलेन्स प्रेस कुटनीतिक नियोग लगायत अत्यावश्यक साधनहरु भने निर्वाध रुपमा संचालन भएका छन् । वन्दमा हुन सक्ने संभावित घटनालाई मध्येनजर गरी यहाँ व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपानेले चितवनमा झण्डै ३ सयको हाराहारीमा जनपथ र ससस्त्र प्रहरी परिचालन गरिएको बताउनु भयो ।

राजनैतिक गतिरोध अन्त्यका लागी दलहरुबीचमा भएको छलफलमा सहमति हुन नसकेपछि पुर्व घोषित कार्यक्रमलाई एकीकृत माओवादीले निरन्तरता दिएको हो ।

Advertisements